
कञ्चनपुर । पाकेको धान वर्षा र हुरीले खेतमै ढलेपछि भीमदत्त नगरपालिका– ११ भुजेलाकी काली लुहार लुहार चिन्तित छिन्। भदौ अन्तिम साताको अविरल वर्षासँगै आएको हुरीबतासले उनको धानखेतीमा क्षति पुर् याएको हो ।
उनले दुई विघा जमिनमा धान लगाएकी छिन्। ‘वर्षभरलाई खान पुग्ने धान खेतमा ढल्यो। त्यसमै पानीले गह्रा भरिभराउ छ’, उनले भनिन्, ‘धान काट्नै नसकिने अवस्था छ, आधा खेतको धान काम नलाग्ने भएको छ ।’ वर्षभरिलाई खान पुग्ने धान राखेर बाँकी बिक्री गरेर उनले घरखर्च जोहो गर्दै आएकी थिइन्। ‘धान, गहुँखेती गरेर खाने र बाँकी रहेको बेचेर घरखर्च चलाउनु पर्छ’, लुहारले भनिन्, ‘अब के खाने? के बेच्ने?’
भीमदत्त नगरपालिका– ११ भुजेलाकै मनोधरी लुहारसँग दुई कट्ठामात्र जमिन छ। त्यसको उब्जाउले खानलाई नपुग्ने हुनाले उनी अधियाँ गर्छन्। गाउँमै अधियाँ गरेको १० कट्ठा जमिनको धानमा क्षति पुगेपछि उनलाई के खाने भन्ने चिन्ताले पिरोल्न थालेको छ । ‘हुरीले ढलेर खेतमै पानीले धान कुहिसक्यो। न आफ्नो खेतको धान बच्यो, न अधियाँ गरेको खेतकै’, उनले भने, ‘किनेर खान पनि पैसा छैन।’
वर्षापछि आएको बाढी र हुरीबतासले कञ्चनपुरमा धानमा क्षति पुर् याएको छ। कृषि ज्ञान केन्द्रका सूचना अधिकारी हरिदत्त जोशीका अनुसार दोधारा चाँदनी, भीमदत्त, पुनर्वास, बेलौरीलगायत क्षेत्रका बालीमा बढी क्षति पुगेको छ । स्थानीय तहले क्षतिको यकिन विवतरण सङ्कलन गरिरहेको छन्। जिल्लाका विभिन्न ठाउँमा गरेर करिब १० प्रतिशत धानखेतीमा क्षति पुगेको कृषि ज्ञान केन्द्रको अनुमान छ। ‘डुबान र कटानले बालीमा क्षति पुगेको छ। यकिन विवरण प्राप्त भएको छैन’, उनले भने, ‘निरीक्षणका क्रममा दोधारा चाँदनीलगायत क्षेत्रमा पटानले खेत पूरै बगर बनाएको पाइएको छ ।’












समाचार
पोखरामा श्रीलंकाली अलराउन्डर लक्षण
कर्णाली प्रदेशसभाः विपद् प्रतिकार्यसहित लागु औषध नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण
आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम
ढिलो होला तर गलत हुँदैन, नआत्तिनुहोस्: प्रधानमन्त्री बालेन्द्र शाह
एभरेष्टट करलको सेयर मूल्यमा २७ प्रतिशतको वृद्धि
लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ
सातामा करिब साढे १ प्रतिशत घट्यो नेप्से, औषत कारोबार ४ अर्ब २९ करोड
झापामा राष्ट्रिय परिचयपत्रमार्फत नयाँ मतदाता थप
सुनको मूल्य एक हप्तामै १२ हजार ९०० रुपैयाँले बढ्यो, तोलाको कतिमा भइरहेको छ कारोबार ?
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना