
सिन्धुपाल्चोक । अविरल वर्षापछि आएको पहिरोले पुरिएर सिन्धुपाल्चोकको लिसंखु पाखरमा दुई जनाको मृत्यु भएको छ । गएराति आएको पहिरोले पुरीएर लिसंखु पाखर –३ का पुर्व वडाध्यक्ष समेत रहेका काजीबहादुर लामा र उनको श्रीमतीको मृत्यु भएको लिसंखु पाखर गाउँपालिकाका अध्यक्ष राजु लामाले जानकारी दिए ।
पुरानो घरमा सुतिरहेको बेला राति १ बजे तिर आएको पहिरोले दुवै जनाको मृत्यु भएको अध्यक्ष लामाले जानकारी दिए । पहिरो गएको थाहा पाएपछि राती नै स्थानीय उद्धारमा गएका थिए । सिन्धुपाल्चोकको अन्य विभिन्न क्षेत्रमा पनि अविरल वर्षाको कारण जनजिवन प्रभावित भएको छ । सुनकोशी नदीले खतराको तह पार गरेको छ । अरनिको राजमार्ग लगायत अन्य सहायक मार्गहरुमा पहिरोले सडक अवरुद्ध भएको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
मिथिला क्षेत्रमा आजदेखि दसैँको रौनक, ४० स्थानमा दुर्गा मेला
निःशुल्क आँखा शिविरबाट ९५४ जना लाभान्वित, १०३ जनाको शल्यक्रिया
देशभर ३१ वटा विपद्का घटनामा एक जनाको मृत्यु, १६ घाइते
विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज क्यानडासँग खेल्दै
चेल्सीको फराकिलो जित
गोरखाको चुमनुम्ब्रीमा आकस्मिक बाढी, खोला थुनिएको आशंका
महामन्त्री खुलामा पौडेल र पुनको अग्रता, महिलातर्फ संग्रौला अगाडि
पोर्चुगलका कप्तान रोनाल्डो निलम्बित
झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ
वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै भोजपुरका लक्ष्मीप्रसाद