
काठमाडौं । सेयर कारोबार हुने साताको दोस्रो दिन सेयर बजारमा हरियाली छाएको छ । अघिल्लो दिन दोहोरो अंकले घटेको बजार आज दोहोरो अंकले बढेर बन्द भएको हो ।
आज नेप्से परिसूचक ४४ दशमलव ४५ अंकले बढेको छ । आजको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक २५०० विन्दु माथि पुगेको छ । सोमबारको कारोबार बन्द हुँदा परिसूचक २५०८ दशमलव ८६ विन्दुमा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १.८० प्रतिशतले बढी हो । सोमबार सेयर बजारमा २१० कम्पनीको सेयर मूल्य बढेको छ । भने ३३ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै एउटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । आज ‘क’ वर्गका कम्पनीको मापस सेन्सेटिभ इन्डेक्स पनि ६ दशमलव ४५ अंकले बढेर ४५१ दशमलव ३४ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये १२ वटाको सेयर मूल्य बढेको छ भने एउटाको सेयर मूल्य मात्रै घटेको छ ।
आज सेयर बजार परिसूचक बढे पनि कारोबार रकममा भने गिरावट आएको छ । अघिल्लो दिन ४ अर्ब भन्दा माथिको कारोबार भएको बजारमा आज ३ अर्ब ७१ करोड ५३ लाख ५९ हजार ९३५ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा ३१९ कम्पनीका ९७ लाख १७ हजार ९५९ कित्ता सेयर खरिद बिक्रीबाट उक्त रकमको कारोबार भएको हो । आज सेयर बजारमा २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर बन्द भएको छ ।













समाचार
सुप्रिम वाइन नेपालले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा नेशनल क्यापिटल नियुक्त
करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई सहजीकरण गर्न राष्ट्र बैंकको निर्देशन
बाढीपहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
नेशनल हाइड्रोको स्थगित साधारणसभा नयाँ मिति घोषणा
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
कुमारी बैंकको १५ हजार कित्ता संस्थापक सेयर विक्रीमा
आरम्भ चौतारी लघुवित्तको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त
होर्मुजमा जहाज आवागमन ठप्प प्रायः, समुद्री सुरक्षाका लागि साउदीको नयाँ पहल
असुल गरिएको शिक्षा र स्वास्थ्य समता शुल्क १५ दिनभित्र सम्बन्धित सेवाग्राहीलाई फिर्ता हुने