
काठमाडौं । भारी वर्षापछि आएको बाढी पहिरोका कारण देशभरका १७ जना विद्यार्थीको मृत्यु भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संकलन गरेको तथ्यांक अनुसार हालसम्म १७ जना विद्यार्थीको मृत्यु भएको हो ।
शिक्षा मन्त्रालयका सहसचिव एवं प्रवक्ता लक्ष्मीप्रसाद भट्टराईले हालसम्म १७ जना विद्यार्थीको मृत्यु भएको विवरण प्राप्त भएको बताए । अधिकांश पहिरोमा पुरिएर मृत्यु भएकाहरू छन् । बुटवलको कालिका मानवज्ञान माविका दुई विद्यार्थी झ्याप्लेखोलोको पहिरोमा पुरिएको मृत्यु भएको छ । बुटवलबाट काठमाडौं आउँदै गर्दा जुम्ल्याहा दिपेश अधिकारी र दिपिका अधिकारीको मृत्यु भएको हो । कक्षा १० मा अध्ययनरत दुवै जनासँगै आमा सीता भट्टराईको समेत पहिरोमा पुरिएर मृत्यु भएको हो ।
त्यस्तै मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित बत्सलादेवी माविको छात्रावासमा रहेका ६ जना विद्यार्थीको समेत पहिरोमा पुरिएर मृत्यु भएको छ । त्यस्तै बनेपाको आशापुरेश्वर आधारभूत विद्यालयमा अध्ययनरत एक छात्राको घरमा सुतिरहेको समयमा पहिरोमा पुरिएर मृत्यु भएको शिक्षा मन्त्रालयले जनाएको छ । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकास्थित कुशेश्वर माविमा अध्ययनरत १ जना र सर्वोद्वार माविका २ जना विद्यार्थीको पहिरोमा पुरिएर परिवारसहित मृत्यु भएको छ । काभ्रेपलाञ्चोककै पनौती नगरपालिकास्थित श्रीराम माविमा कक्षा १२ मा अध्ययनरत एक विद्यार्थीको समेत पहिरोमा परी मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै ललितपुरको कोन्ज्योसोम गाउँपालिकास्थित गोठभन्ज्याङ् माविमा अध्ययनरत २ जना विद्यार्थीको मृत्यु भएको छ । भक्तपुरको सूर्यविनायक नरगपालिकास्थित जोरपाटी माविका एक विद्यार्थीको पहिरोमा परी आफ्नै घरमा मृत्यु भएको छ । दोलखाको भीमेश्वर नगरपालिकास्थित अल्पाइन स्कुलमा अध्ययनरत एक विद्यार्थीको घर भत्किदा मृत्यु भएको शिक्षा मन्त्रालयले संकलन गरेको क्षतिको विवरणमा उल्लेख छ ।
बाढी पहिरो तथा डुबानका कारण देशभरका १३४ विद्यालयमा क्षति पुगेको शिक्षा मन्त्रालयले जनाएको छ । तराई मधेसका सप्तरी, सिराह, सर्लाही, पर्साका विद्यालय डुबानमा परेका छन् । डुबानबाट साढे १० हजार भन्दा बढी विद्यार्थी प्रभावित बनेका छन् ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व