
लालबन्दी, सर्लाही – “योङ ईण्डिजीनिस्ट लिग – वाई.आइ.एल” द्वारा आयोजित प्रथम “पल रिन्छेन दोर्जे – गोल्ड कप” फुटबल प्रतियोगिता सर्लाहीको लालबन्दी-१५, सिरकालिन्जोरमा सम्पन्न भएको छ। फस्ट नेसन बिल्डर्स लिमिटेडको प्रायोजनमा आयोजित दुई दिवसीय नकआउट प्रतियोगितामा सर्लाही, महोत्तरी, र सिन्धुली जिल्लाका २० टिमले असोज २२ र २३ गते प्रतिस्पर्धा गरेका थिए।
प्रतियोगिताको उद्घाटन राष्ट्रिय मुक्ति क्रान्तिका नेता, दर्शनशास्त्री, र विचारक आदरणीय बुद्ध त्सेरिङ मोक्तानको प्रमुख आतिथ्यमा सम्पन्न भयो। खेलको समापन र पुरस्कार वितरण समारोहमा प्रमुख अतिथि “वाई.आइ.एल” का प्रमुख चिफ कमान्डर सनम लिम्बू, वाई.आइ.एल हाई कमान्डका सदस्यहरू नेरुता मोक्तान, जिग्मेला बोम्जोन, र जितु तामाङको उपस्थिति रह्यो।

प्रतियोगिताको व्यवस्थापन जिम्मेवारी चुरेसिवालिक विशेष ब्युरोका संयोजक विजय लामा र डाँडागाउँ युवा क्लबले गरेका थिए। प्रतियोगिताको विजेता सिरफुल्जोर एकता युवा क्लबलाई ट्रफी, मेडल, र नगद २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो। उपविजेता ब्रह्मस्थान युवा क्लबलाई ट्रफी, मेडल, र नगद १० हजार रुपैयाँले पुरस्कृत गरियो।
समापन समारोहमा सनम लिम्बूको प्रमुख आतिथ्यमा सम्पन्न भयो। उनले देश निर्माणमा युवाहरूको महत्वपूर्ण भूमिका रहेको बताउँदै, अब “वाई.आइ.एल” ले एकीकृत कार्ययोजना अन्तर्गत पल रिन्छेन दोर्जे एकेडेमी र फस्ट नेसन बिल्डर्स “एफ एन बी एल” को स्थापना गर्ने घोषणा गरे।

उनले युवाहरूलाई सामाजिक, राजनीतिक, र आर्थिक क्षेत्रमा नेतृत्व प्रदान गर्दै देशको विकासमा अग्रसर बनाउने प्रतिबद्धता व्यक्त गरे। साथै, लिम्बूले राज्यले युवाहरूलाई उपेक्षा गरेको र उनीहरूको समुचित विकासका लागि राज्यले गर्नुपर्ने लगानीबाट पछि हटेको आरोप लगाउँदै, वाई.आइ.एल जस्तोसुकै चुनौतीको सामना गर्न तयार रहेको बताए।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व