
काठमाडौं । यो साता नेप्से परिसूचक करिब ३ प्रतिशत बढेर बन्द भएको छ । गत साता २६६८ दशमलव १७ विन्दुमा बन्द भएको नेप्से, यस साता २.८९ प्रतिशत अर्थात ७७ दशमलव १९ अंक बढेर २७४५ दशमलव ३६ विन्दुमा पुगेको हो ।
यो साता तीन कारोबार दिनका लागि बजार खुलेको थियो । जसमध्ये तीनै कारोबार दिन नेप्से बढेर बन्द भएको थियो । त्यसैगरी, यस साता सेन्सेटिभ इण्डेक्स ३.११ प्रतिशत बढेको छ भने फ्लोट इण्डेक्स ३.१७ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.१६ प्रतिशत बढेको छ ।
नेप्से बढेपनि यस साता दैनिक औषत कारोबार रकम भने घटेको छ । यो साता नेप्सेमा दैनिक औषतमा ५ अर्ब ३१ करोडको सेयर खरिदबिक्री भएको छ । यो गत साताको तुलनामा १.७१ प्रतिशत घटेको छ । गत साता नेप्सेमा दैनिक औषतमा ५ अर्ब ४० करोडको सेयर खरिदबिक्री भएको थियो । यस साता दैनिक औषत सेयर संख्या ३.४९ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या ६.०३ प्रतिशत बढेको छ ।
यस साता १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ६.०६ प्रतिशत बढेको छ । गत साता ३२४० दशमलव ७२ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता १९६ दशमलव ४७ अंक बढेर ३४३७ दशमलव १९ विन्दुमा पुगेको छ । यस साता होटल तथा पर्यटन उपसमूहको परिसूचक भने सबैभन्दा कम ०.७९ प्रतिशत बढेको छ ।
अंकका आधारमा भने यो साता जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ३३४ दशमलव ८६ अंक बढेको छ भने म्युचुअल फण्ड उपसमूहको परिसूचक सबैभन्दा कम ० दशमलव ५१ अंक बढेको छ । यो साता नेप्सेमा नेशनल लाइफ इन्स्योरेन्सको २० लाख ४ हजार ६६६.५७ कित्ता बोनस शेयर सूचीकृत भएको छ । यस साता इष्टर्न हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक १४.१८ प्रतिशत बढेको छ । त्यस्तै, यस दिन गुडविल फाइनान्सको सेयरमूल्य करिब १३ प्रतिशत बढेको छ भने हिमालयन लघुवित्तको सेयरमूल्य साढे ११ प्रतिशतभन्दा बढी बढेको छ । यस साता मिड सोलु हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक १९.२६ प्रतिशत घटेको छ । अन्य स्टकहरुको मूल्य गिरावटदर भने १० प्रतिशतभन्दा कम रहेको छ ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह