
काठमाडौं । कृषि विकास बैंक लिमिटेडको नाफामा गिरावट देखिएको छ । बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २४.४२ प्रतिशतले नाफा घटेको हो ।
बैंकले चालू आवको ९ महीनामा १ अर्ब ३९ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले गत आवको चैत मसान्तसम्म कमाएको १ अर्ब ८४ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । चालू आवमा बैंकको ब्याज आम्दानीमा वृद्धि भए तापनि इम्पेयरमेन्ट चार्ज बढेका कारण नाफामा दबाब परेको हो ।
गत आवको चैत मसान्तसम्म ५ अर्ब ९९ करोड ३९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले त्यसको तुलनामा चालू आवको चैत मसान्तसम्म १०.६९ प्रतिशतको वृद्धि सहित ६ अर्ब ६३ करोड ४४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गर्न सफल भएको छ । बैंकले गत चैत मसान्तसम्म इम्पेयरमेन्ट चार्ज बापत ९१ करोड ६८ लाख रुपैयाँ छुट्याएकोमा चालू आवको चैत मसान्तसम्म १ अर्ब ९६ करोड ५४ लाख रुपैयाँ इन्पेयरमेन्ट चार्ज बापत छुट्याएको छ । यता समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ७ अर्ब ५८ करोड ५३ लाख रुपैयाँबाट ७ प्रतिशतले वृद्धि भई ८ अर्ब ११ करोड ९० लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा २ अर्ब ५९ करोड ८७ लाख रुपैयाँबाट १८.३९ प्रतिशतले घटेर २ अर्ब १२ करोड ९ लाख रुपैयाँमा झरेको छ ।
समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ९१ करोड १० लाख रुपैयाँबाट घटेर १ अर्ब २५ करोड १४ लाख रुपैयाँमा झरेको छ । बैंकको प्रतिसेयर आम्दानी १५.४० रुपैयाँबाट झरेर १०.७१ रुपैयाँमा झरेको छ भने खराब कर्जा ४.९८ प्रतिशतबाट बढेर ५.०६ प्रतिशत कायम भएको छ। बैंकको प्रतिसेयर नेटवर्थ २२८.७८ रुपैयाँ र बेस रेट ५.०१ प्रतिशत रहेको छ ।
चुक्ता पूँजी १९ अर्ब ७८ करोड ८२ लाख रुपैयाँ रहेको यस बैंकको रिजर्भ कोषमा १७ अर्ब ४१ करोड ६२ लाख रुपैयाँ सञ्चिति रहेको छ । बैंकले चैत मसान्तसम्म २ खर्ब २६ अर्ब ७४ करोड ९५ लाख रुपैयाँ ग्राहकमा कर्जा परिचालन गरी ३ खर्ब ३० अर्ब ७२ करोड ८४ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ। बैंकको सम्पत्तिको कुल मूल्य ४ खर्ब नजिक पुगेको छ ।













समाचार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
हर्मुजमा अलपत्र परेका जहाजहरू ‘सुपर-स्प्रेडर’ बन्न सक्ने चेतावनी
अप्पर सोलु हाइड्रोले एक वर्षमा कमायो २० करोड ८७ लाख नाफा, इपीएस कति ?
पञ्चकन्या माई हाइड्राको वित्तीय अवस्था : करिब ७ करोडको नोक्सानी पुरा गरि ६ करोड ६८ लाख नाफामा
२८८ प्रतिशतले बढ्यो तेह्रथुम पावर कम्पनीको नाफा, अन्य सूचक कस्ता ?
अन्तर्राष्ट्रिय हवाई भाडा कम गर्न माग
देशका विभिन्न भागमा सडकमा यातायात प्रभावित, कुन कुन राजमार्गमा रोक ?
गिद्ध संरक्षणसँगै जैविक विविधता जोगाउन विद्यार्थीको सक्रियता
सोलुखुम्बुमा पहिरोका कारण दुई वडा कार्यालय जोखिममा, ११ परिवार विस्थापित
विदेशबाट भाइले पठाइदिएको मोबाइलले खिचेको तस्बिर बन्यो उत्कृष्ट