
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा प्राइम कमर्सियल बैंक लिमिटेको नाफा सामान्य बढेको छ । बैंकले सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफामा सामान्य सुधार देखिएको हो ।
चालु आर्थिक वर्षको पहिलो ३ महिनामा बैंकले १ अर्ब २८ करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.७५ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब १५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १६.६७ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ७.८७ प्रतिशत बढेको छ । बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा १८.७४ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ११.१५ प्रतिशत बढेको छ ।
नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ ७९ पैसा बढेर २६ रुपैयाँ ५३ पैसा पुगेको छ । असोज मसान्तसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ १६६ रुपैयाँ ११ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ११.२० गुणा रहेको छ ।
असोज मसान्तसम्ममा २ अर्ब ७३ करोड रुपैयाँ वितरणयोग्य मुनाफा रहेको यस बैंकको वितरणयोग्य प्रतिसेयर आम्दानी २५ रुपैयाँ ५५ पैसा रहेको छ ।
१९ अर्ब ४० करोड २५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोष पछिल्लो ३ महिनामा ११.२८ प्रतिशत बढेको छ । त्यस्तै, सो अवधिमा बैंकको निक्षेप ५.०० प्रतिशत र कर्जा तथा सापटी ३.९२ प्रतिशत बढेको छ ।













समाचार
बाढीप्रभावितलाई ‘मोड्युलर’ घर र एकीकृत सहर निर्माण गरी पुनःस्थापना गरिने
अर्बौं लगानी भैसकेका संखुवासभाका चार जलविद्युतको काम रोक्न स्थानीयको दबाब
विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख
नेप्सेको डेटा सेन्टरकाे समस्यापछि धितोपत्र बोर्डले गठन गर्यो छानबिन समिति
प्रभु बैंकको ‘प्रभु प्रवासी समृद्धि घर कर्जा योजना’ सार्वजनिक
‘गौरवको यात्रा’: अन्नपूर्ण स्पाइकर किंग्सको नेपाल भलिबल लिग सिजन १ को ट्रफी टुर अन्नपूर्ण बेस क्याम्पमा भव्यताका साथ सम्पन्न
बिजुलीमा लगाइएको भ्याट हटाइने
न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु
संयुक्त राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री र प्रतिपक्षी दल कांग्रेसबीच छलफल
प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १४ अर्ब ८८ करोड पुग्यो