
काठमाडौं । मेट लाइपफ इन्स्योरेन्स वित्तीय सूचकहरुमा बलियो बन्दै गएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणमा जीवन बीमा कोष, मुनाफा, व्यवसाय तथा ब्याज आम्दानी लगायत सूचकहरुमा सुधार आएको हो ।
समीक्षा अवधिमा कम्पनीको मुनाफा १४.८१ प्रतिशतले बृद्धि भएर २२ करोड २५ लाख रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा कम्पनीले १९ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । त्यस्तै यो अवधिमा २७ अर्ब ३२ करोड रुपैयाँको जीवन बीमा कोष बनाउन सफल कम्पनीको जगेडा कोषमा दुई अर्ब ४४ करोड रुपैयाँ सञ्चित रहेको छ । वित्तीय विवरणका आधारमा कम्पनीले आफ्नो जीवन बीमा र जगेडा कोषको आकार बृद्धि गरेको छ ।
समीक्षा अवधिमा कम्पनीको कुल बीमा व्यवसाय पनि ६.७८ प्रतिशतले बढेर दुई अर्ब ८६ करोड ८५ लाख रुपैयाँ पुगेको छ । साथै, कम्पनीको लगानी तथा ब्याज आम्दनी एक अर्ब ३२ करोड रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको कुल खर्च ३ अर्ब ७८ करोड रुपैयाँ रहेको छ भने कुल बीमा दावी भुक्तानी एक अर्ब ४२ करोड रुपैयाँ रहेको छ ।












समाचार
श्रीलंका र भारतसँगको दोस्रो टेस्टमा बराबरी
एनआईसी एशिया बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा २ करोड २१ लाख सहयोग प्रदान
सानिमा बैंकको लाभांश घोषणा, सेयर धनीले कति पाउँछन बोनस र नगद ?
बाढी प्रभावित क्षेत्रमा १३ हजार २९५ सुरक्षाकर्मी परिचालन
बाढीपीडितका लागि बीवाईडी र साइमेक्सले ७ करोड रुपैयाँ सहयोग गर्ने
इप्पानले ५ करोड ५ लाख ५० हजार सहयोग गर्ने
एभरेष्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
आइएमई लाइफ इन्स्योरेन्सले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड सहयोग गर्ने
MAXUS Nepal द्वारा विपद् राहत तथा पुनर्स्थापनाका लागि रु. ७० लाख सहयोग गर्ने
भोटेकोशी बाढीः ४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त