
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक समूहअन्तर्गतको २ लाख कित्ता सेयर बिक्री गर्न गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको छ।
सेयर खरीद गर्न इच्छुक तथा योग्य जोकोही लगानीकर्ताहरूले बोलपत्र पेश गर्न सक्नेछन्। बोलपत्र पेश गर्ने समय आज चैत २६ गतेदेखि शुरु भई २०८३ वैशाख ३ गते कार्यालय समयभित्र समाप्त हुने बैंकले जनाएको छ। बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १७५ रुपैयाँ तोकिएको छ। लगानीकर्ताले न्यूनतम ५ हजार कित्ता आवेदन दिनु पर्नेछ भने अधिकतमका लागि कुनै सीमा तोकिएको छैन।
इच्छुक लगानीकर्ताले बोलपत्र आवेदन फाराम एनआईसी एशिया क्यापिटल लिमिटेड, ट्रेड टावर नेपाल, थापाथली, काठमाडौं तथा एनआईसी एशिया बैंक लिमिटेडको कर्पोरेट कार्यालय र देशभरका प्रमुख शाखा कार्यालयहरूबाट प्राप्त तथा बुझाउन सक्नेछन्। बैंकका अनुसार बोलपत्र संकलन केन्द्रहरूमा काठमाडौंस्थित थापाथलीसहित विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, धनगढी र सुर्खेतका शाखा कार्यालयहरू रहेका छन्। यसमा बिक्री प्रबन्धकको काम एनआईसी एशिया क्यापिटल लिमिटेडले गर्नेछ।












समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू