
काठमाडौं । नर्सरी व्यवसायी संघ नेपालको आयोजनामा दोस्रो तिहार फ्लोरा एक्स्पो २०८१ हुने भएको छ । काठमाडौँको भृकुटीमण्डपमा कार्तिक ९ गतेदेखि १३ गतेसम्म एक्स्पो हुने भएको हो ।
पुष्पप्रेमी, फलफूलप्रेमी, जडिबुटीप्रेमी, बनजन्य हरियाली गार्डेन प्रेमीलाई लक्षित गरी मेला आयोजना गरिन लागेको आयोजकले जनाएको छ । नर्सरी व्यावसायी संघ नेपालका अध्यक्ष रामजी तिमिल्सिनाले मेलाले आर्थिक मन्दीले सुस्ताएका हरित अर्थतन्त्र विकासमा संग्लन उद्यमी व्यवसायीहरू तथा यस व्यवसायप्रति रुचि राख्ने समग्र कृषि क्षेत्रमा लगानी गरेर रोजगारी सिर्जना गर्ने व्यवसायीलाई उत्साहित बनाउने बताए ।
संस्थाले व्यवसायीहरूको क्षमता विकासको लागि स्वस्थ्य प्रतिस्पर्धा गराइ व्यवसायीहरूको हौसला बढाउन शिल्ड नगद तथा प्रमाणपत्रद्धारा पुरस्किृत गरिने आयोजकले जनाएको छ । आयोजकका अनुसार प्रतिश्पर्धाको मूल्याकन गर्न कृषि वागवानी विज्ञ, वनस्पती विज्ञ, साथै पुष्प विकास केन्द्रका प्रमुख सहितको संलग्नतामा तीन सदस्यीय मुल्याकन समिति समेत गठन गरेको छ । यस मेलामा ६५ वटा व्यवसायीक स्टल लगाएत वनस्पती विभाग, पुष्प विकास केन्द्र, सहितको अफिसियल ३ स्टल तथा प्रतिश्पर्धाको २ वटा स्टल समेत जम्मा ७० वटा स्टल रहने छ ।
तिमिल्सिनाका अनुसार कसैलाई बगैँचा सम्बन्धि जानकारी लिनु परेमा परामर्स केन्द्रहरू पनि राखिने छन् । मेला अवधिभरी ३५ हजार अवलोकनकर्ताले मेला अवलोकन गर्ने र ७० लाखभन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा आयोजकको छ ।
मेलामा प्रवेश शुल्क १०० रुपैँया रहेको छ र विद्यार्थी र जेष्ठ नागरिकका लागि भने ५० रुपैँया तोकिएको छ । नर्सरी व्यवसायी संघ नेपालको आयोजनामा हुुन गइरहेको दोस्रो तिहार फ्लोरो एक्स्पो २०८१ को प्रवर्धक संस्थाहरू पुष्प विकास केन्द्र, वनस्पति विभाग रहेको छ भने विशेष सहयोगी संस्था शलोम एग्रीकल्चर प्रालि, सेवा म्यानुफयाक्चरिङ, अर्गानिक बायो फर्टिलाइजर प्रालि,ग्रिस्मा नर्सरी रहेका छन् ।













समाचार
रसुवा हाइड्रोपावरको विशेष साधारणसभा भदौ २० गते, के के छन एजेण्डा ?
डिप्रोक्स नेपालको ३३ औ बार्षिक साधारणसभा असोज ८ गते
एघार महिनामा पाकेको गहुँ साइत जुराएर काट्छन् चुमभ्यालीका किसान
वर्षा र पहिराेले विभिन्न सडक अवरुद्ध
सयपत्री हाइड्रोपावरको नाफामा २७ प्रतिशतले घट्यो, अन्य सूचक कस्ता ?
जुम्लामा एक जना मृतावस्थामा फेला
ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, कसरी हुन्छ सिकार ?
नेपालमा मिलिटरी ग्रीन र भारतमा सिल्भर रङमा सार्वजनिक भयो रोयल इन्फिल्डको नयाँ ‘गोर्खा एडिसन’
स्वास्थ्य बीमाको बजेट घटेको छैन, गत वर्ष ११ र यस वर्ष ५ अर्ब थपियो : अर्थमन्त्री वाग्ले
पेरुमा ६.७ म्याग्निच्युडको भूकम्प