
काठमाडौं । सोमबार सेयर बजार परिसूचक करिब २० अंकले बढेको छ । अघिल्लो दिन घटेको बजार आज १९ दशमलव ९७ अंकले बढेको हो । आजको सेयर कारोबार बन्द हुँदा परिसूचक २७५८ दशमलव ०४ विन्दुमा पुगेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने १ दशमलव ५० अंकले घटेर ४७१ दशमलव ७९ विन्दुमा पुगेको छ । त्यस्तै आजको कारोबार बन्द हुँदा १३ उपसूचकमध्ये ४ वटाको सेयर मूल्य घटेको छ भने ९ वटाको बढेको छ ।
आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १२६ वटाको सेयर मूल्य बढेको छ भने ११२ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ६ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
परिसूचकसँगै आज कारोबार रकममा पनि सुधार देखिएको छ । अघिल्लो दिन ८ अर्ब भन्दा माथिको कारोबार भएको बजारमा आज साढे १० अर्ब माथिको कारोबार भएको छ । आज सेयेर बजारमा ३१४ कम्पनीका २ करोड ३० लाख ११ हजार ३६१ कित्ता सेयर १ लाख ३ हजार ४८१ पटक खरिद बिक्री हुँदा १० अर्ब ५२ करोड १७ लाख ४६ हजार ५६४ रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।













समाचार
पोखरा एभेन्जर्स र नेपोभिट टायल्सबीच सम्झाैता
रास्वपा कम्युनिष्ट पार्टीको मुख्य शत्रु हो : झलनाथ खनाल
गृहमन्त्रीले थाले गरिमाका बुबा-आमासँग छलफल
यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : ओली
‘छिटो न्याय सम्पादनमै हाम्रो ध्यान छ’: प्रधानन्यायाधीश शर्मा
‘बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ’
साउनमा एक खर्ब ८७ अर्बको सामान आयात, ३८ अर्बको निर्यात
गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’
पर्यटक लोभ्याउँदै राक्सिराङको ‘जलपरी झरना’
मितेरी डेभलपमेन्ट बैंकको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला