करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन आह्वान

काठमाडौं । आन्तरिक राजस्व विभागले वस्तु तथा सेवा खरिद–बिक्रीमा बीजक लिने–दिने संस्कृतिको विकास तथा कर अनुपालन अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन भइरहेको करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन उपभोक्तालाई आग्रह गरेको छ।

विभागले सार्वजनिक सूचना जारी गर्दै नगद भुक्तानी गरी आफ्नै प्रयोजनका लागि नेपालभित्र एक पटकमा रु १०० भन्दा बढी मूल्यका वस्तु वा सेवा खरिद गर्ने योग्य उपभोक्ताले खरिद गरेको बीजकको विवरण विभागको अनलाइन प्रणालीमा प्रविष्ट गरी कार्यक्रममा सहभागी हुन सक्ने जनाएको छ।

विभागका अनुसार १ गतेदेखि जारी भएका खरिद बीजकको विवरण prize.ird.gov.np मा समयमै प्रविष्ट गर्नुपर्नेछ। यसबाट उपभोक्ता उपहार कार्यक्रममा सहभागी हुन सक्नेछन्। यस्तै, भुक्तानी सेवा प्रदायक (डिजिटल माध्यम) मार्फत गरिएको विद्युतीय भुक्तानीबाट साउन १ गतेदेखि भएका खरिदहरू भने स्वतः उपहार कार्यक्रममा समावेश हुने विभागले जनाएको छ। त्यसका लागि सम्बन्धित खरिद बीजकको विवरण छुट्टै प्रणालीमा प्रविष्ट गर्नुपर्ने छैन।

फेसबुक प्रतिक्रिया

ताजा अपडेट