
काठमाडौं । चिनीको अनधिकृत रुपमा आयात आयात हुँदा स्वदेशी चिनी बिक्री हुन छाडेको व्यवसायीहरुले बताएका छन् । आज नेपाल चिनी उद्योग संघले पत्रकार सम्मेलन गर्दै भारतबाट चिनी अत्यतधिक रुपमा चोरी पैठारी भएर आँउँदा नेपाली चिनी बिक्री नभएको बताएका हुन् ।
व्यवसायीहरुले चिनीको बिक्री नुहँदा त्यसको असर किसानलाई भुक्तानी गर्नु पर्ने ऊखुको रकम भुक्तानीमा परेको बताएका छन् । संस्थागत रुपमा चिनी प्रयोग गर्ने उद्योगहरु बाहेक खुद्रा पसमा नेपाली चिनी बिक्री हुन छाडेको संघका अध्यक्ष शशीकान्त अग्रवालले बताए । चिनी बिक्री नभए ऊखु किसानलाई भुक्तानी दिन नसक्ने अवस्था आउने संभावना बढेर गएको उनको भनाइ थियो । चिनीको व्यापक चोरी पैठारी हुँदा सरकारलेसमेत राजस्व गुमाएको अग्रवालले बताए । चोर बाटो हुँदै भन्सार छलेर भारतबाट आयात हुने चिनीको मूल्य किलोमा १० देखि १२ रुपैयाँ सस्तो पर्ने उनले सुनाए । भारतमा सरकारले ऊखु किसानलाई ठूलो रकम अनुदान दिएकाले त्यहाँ चिनीको मूल्य सस्तो हुने गरेको र चोरी पैठारीले झनै सस्तो बनाएको उनको भनाइ छ ।
सरकारले चिनी आयातमा ३० प्रतिशत भन्सार दर तोकेको छ । संघका अनुसार, नेपालमा वार्षिक चिनीको माग २ लाख ५० हजार टन रहेको छ । यस्तै नेपाली १३ उद्योगहरुबाट २ लाख २० हजार टन उत्पादन भएको छ । आर्थिक वर्ष २०७४÷०७५ मा अनुदानका कारण सस्तोमा चिनी आयात हुँदा स्वदेशी चिनी बिक्री नभइ मौज्दात रहँदा किसानलाई ऊखुको रकम भुक्तानीमा समस्या भएको अध्यक्ष अग्रवालले जानकारी गराएका छन् । यो वर्ष पनि यस्तै अवस्था आउन लागेको उनको भनाइ छ ।
अहिले ६० प्रतिशत उद्योगहरुले ऊखु क्रसिङ सुरु गरेको र बाँकी ४० प्रतिशत उद्योग केही दिनभित्र सञ्चालन हुने अवस्थामा रहेको उनले जानकारी दिए । चिनी बिक्री नभएको अवस्थामा क्रसिङ सुरु भएकाले चिनीको मौज्दात अझै बढ्ने संघले जानकारी दिएको छ । चिनी मिल वर्षमा औसत १ सय दिन मात्र सञ्चालन हुने गरेका छन् । १ सय किलो ऊखु क्रसिङ गर्दा औसत ९ किलो चिनी मात्र उत्पादन हुने गरेको छ ।
मुलुकमा अहिले १३ चिनी उद्योग सञ्चालनमा रहेका छन् । गत वर्ष उद्योगहरुले २ करोड ३८ हजार ७ सय ५५ क्विन्टल ऊखु क्रसिङ गरेर १ लाख ७८ हजार ७ सय १७ क्विन्टल चिनी उत्पादन भएको संघले जनाएको छ ।













समाचार
मन्त्री मेहताद्वारा ट्रमा सेन्टरको निरीक्षण
तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर
माहुत समुदायः परम्परागत पेसा छुट्यो, अभाव र सङ्कट घटेन
डोको बुन्दै, सीप सिकाउँदै
नयाँ बसपार्कमा टिकट लिन रातिदेखि यात्रुको लाइन
शिक्षकबाट कृषिउद्यमी बनेका फेन्चु अरुका लागि अनुकरणीय
पाकिस्तानलाई १.२ अर्ब डलर सहयोगमा आईएमएफको सहमति
बाढीले पुलमा क्षति पुर्याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर
कांग्रेस १५औँ महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि आज मतदान
मनसुनी वायुको प्रभाव कायमै, ती प्रदेशमा भारी वर्षाको सम्भावना