
काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदमा स्थायी कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना जारी गर्दै वरिष्ठ सहायक, सहायक प्रथम, कनिष्ठ सहायकका लागि कर्मचारी माग गरेको हो ।
नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतप्राप्त लघुवित्तले उक्त पदमा आवेदन दिँदा व्यक्तिगत विवरण, नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्र, कार्यअनुभवका प्रमाणपत्र (लागु हुने पदका लागि) हालसालै खिचेको पासपोर्ट साइज फोटो लगायतका कागजात पेश गर्नुपर्नेछ । यी सबै कागजात nesdomfi.ads@gmail.com मा इमेलमार्फत पठाएर आवेदन दिन सक्नेछन्।
उक्त पदहरुमा आवेदन दिनका लागि उमेरको हकमा न्यूनतम १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ । महिला उम्मेदवारका लागि उमेर सीमामा ५ वर्ष थप छुट हुनेछ । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।














समाचार
दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा
झण्डा प्राविधिक कुरा हो, अर्थमन्त्रीको भारत भ्रमण उपलब्धीपूर्ण– रास्वपा
अब जनताले देशको चाबी श्रम संस्कृतिलाई हस्तान्तरण गर्ने सुदन किरातीको दाबी
पाल्पा जीप दुर्घटनामा घाइते एक जनाको मृत्यु, ५ जनाको उपचार हुँदै
बेनी हाइड्रोपावरको आईपीओ कहिले बाँडफाँड हुन्छ ?
परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना
भाटभटेनीको टंगाल स्टोर भोलिदेखि पुनः सञ्चालनमा आउने
दुई महिनामामा श्रम स्वीकृति लिनेकाे संख्या १ लाख बढी
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका ९ स्थानीय तह तयार
६ महिने सुत्केरी बिदा आरामका लागि होइन, आमा र बच्चाको स्वास्थ्यका लागि हो : सांसद थपलिया