
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो ३१ औं वार्षिक साधारणसभाको मिति घोषणा गरेको छ । बैंकले ३१ औँ साधारणसभा पुस २१ गतेका लागि बोलाएको हो ।
बैंकको मंसिर १८ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजे सभा बस्ने निर्णय गरेको छ । सभामा बैंकले हाल कायम चुक्ता पुँजीको आधारमा ३.८० प्रतिशत बोनस सेयर र ६.८५ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पेश गर्नेछ ।
त्यस्तै गत आवको वार्षिक र लेखापरीक्षण प्रतिवेदन सहित अन्य वित्तीय विवरण छलफल गरी पारित गर्ने, चालू आवका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने र खर्च अनुमोदन गर्ने प्रस्ताव पनि सभाका लागि तय गरिएका छन् ।
त्यसैगरी अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जरका लागि आवश्यक कार्य गर्न र प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ । साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस ७ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । यसको आधारमा पुस ८ गतेसम्म कायम सेयरधनी सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।












समाचार
के.वि. एल. सेक्यूरिटिजको साधारणसभा असोज २ गते, के-के छन् एजेण्डा ?
आँखुखोला जलविद्युतको सेयर रजिष्ट्रामा प्रभु क्यापिटल
इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै
गाउँ फर्किएर दाजुभाइले सुरु गरेको कुखुरापालन…
आईपीओ आवेदनमा वित्तीय विवरण र कम्प्लायन्स रिपोर्ट अनिवार्य गर्न सेबोनको निर्देशन
धितोपत्र बोर्डद्वारा पूँजी बजार सुधारका लागि निर्देशन जारी, कसलाई के निर्देशन दियो ?
विवादास्पद प्रश्न सोधेको आरोपमा बंगलादेशका तीन पत्रकार हिरासतमा
प्रतिनिधिसभामा आज प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने
मनसुनी वायुको प्रभाव, चारवटा प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर