
काठमाडौं । बंगलादेशको राजधानी ढाकास्थित एक विशेष ट्रिब्युनलले सोमबार तीनजना पत्रकारहरूलाई हिरासतमा राख्न आदेश दिएको छ । समाचार अनुसार ‘एकात्तोर टिभी’का एडिटर–इन–चिफ मोजम्मिल बाबु, प्रमुख संवाददाता फर्जाना रुपा र ‘दैनिक भोरेर कागोझ’का सम्पादक श्यामल दत्तालाई मुद्दाको सुनुवाइ नसकिएसम्म थुनामै राख्न आदेश दिएको हो ।
अदालतले यस प्रकरणको सुनुवाइका लागि अक्टोबर २५ को मिति तोक्दै अनुसन्धान निकायहरूलाई प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ । सन् २०२४ जुलाईको विद्यार्थी आन्दोलनका क्रममा यी पत्रकारहरूले तत्कालीन प्रधानमन्त्री शेख हसिनाको पत्रकार सम्मेलनमा सोधेका भड्काउ प्रश्नहरूका कारण हसिानाले प्रदर्शनकारीहरूविरुद्ध विवादास्पद टिप्पणी गरेको सरकारी अभियोजक पक्षको आरोप छ । त्यसपछि विद्यार्थीहरूमाथि भएको दमनमा सयौँ मानिसको ज्यान गएको अभियोजकहरूले दाबी छ ।
पत्रकारहरूमाथि आन्दोलनसँग सम्बन्धित अन्य मुद्दाका साथै मानवताभूमिविरुद्धको अपराधसँग सम्बन्धित गम्भीर आरोपहरू समेत लगाइएको छ ।
कमिटी टु प्रोटेक्ट जर्नलिस्ट्स (सीपीजे)ले पत्रकार सम्मेलनमा प्रश्न सोध्नु वा सम्पादकीय निर्णय लिनुलाई अपराध मान्न नसकिने स्पष्ट पारेको छ । उक्त संगठनले तीनैजना पत्रकारको तत्काल रिहाइ र उनीहरूमाथि लगाइएका आरोपहरू फिर्ता लिन माग गरेको छ ।











समाचार
के.वि. एल. सेक्यूरिटिजको साधारणसभा असोज २ गते, के-के छन् एजेण्डा ?
आँखुखोला जलविद्युतको सेयर रजिष्ट्रामा प्रभु क्यापिटल
इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै
गाउँ फर्किएर दाजुभाइले सुरु गरेको कुखुरापालन…
आईपीओ आवेदनमा वित्तीय विवरण र कम्प्लायन्स रिपोर्ट अनिवार्य गर्न सेबोनको निर्देशन
धितोपत्र बोर्डद्वारा पूँजी बजार सुधारका लागि निर्देशन जारी, कसलाई के निर्देशन दियो ?
प्रतिनिधिसभामा आज प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने
मनसुनी वायुको प्रभाव, चारवटा प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
नाडा अटो शोमा सुजुकीको विशेष अफरः २ लाखसम्मको नगद छुट पाउने अवसर