
काठमाडौं । बंगलादेशको राजधानी ढाकास्थित एक विशेष ट्रिब्युनलले सोमबार तीनजना पत्रकारहरूलाई हिरासतमा राख्न आदेश दिएको छ । समाचार अनुसार ‘एकात्तोर टिभी’का एडिटर–इन–चिफ मोजम्मिल बाबु, प्रमुख संवाददाता फर्जाना रुपा र ‘दैनिक भोरेर कागोझ’का सम्पादक श्यामल दत्तालाई मुद्दाको सुनुवाइ नसकिएसम्म थुनामै राख्न आदेश दिएको हो ।
अदालतले यस प्रकरणको सुनुवाइका लागि अक्टोबर २५ को मिति तोक्दै अनुसन्धान निकायहरूलाई प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ । सन् २०२४ जुलाईको विद्यार्थी आन्दोलनका क्रममा यी पत्रकारहरूले तत्कालीन प्रधानमन्त्री शेख हसिनाको पत्रकार सम्मेलनमा सोधेका भड्काउ प्रश्नहरूका कारण हसिानाले प्रदर्शनकारीहरूविरुद्ध विवादास्पद टिप्पणी गरेको सरकारी अभियोजक पक्षको आरोप छ । त्यसपछि विद्यार्थीहरूमाथि भएको दमनमा सयौँ मानिसको ज्यान गएको अभियोजकहरूले दाबी छ ।
पत्रकारहरूमाथि आन्दोलनसँग सम्बन्धित अन्य मुद्दाका साथै मानवताभूमिविरुद्धको अपराधसँग सम्बन्धित गम्भीर आरोपहरू समेत लगाइएको छ ।
कमिटी टु प्रोटेक्ट जर्नलिस्ट्स (सीपीजे)ले पत्रकार सम्मेलनमा प्रश्न सोध्नु वा सम्पादकीय निर्णय लिनुलाई अपराध मान्न नसकिने स्पष्ट पारेको छ । उक्त संगठनले तीनैजना पत्रकारको तत्काल रिहाइ र उनीहरूमाथि लगाइएका आरोपहरू फिर्ता लिन माग गरेको छ ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम