
काठमाडौं । यस साता नेप्से परिसूचक साढे ५ प्रतिशत घटेको छ । गत साता २९५०.१६ विन्दुमा बन्द भएको नेप्से, यस साता ५.६९ प्रतिशत अर्थात १६७.९८ अंक घटेर २७८२.१८ विन्दुमा बन्द भएको हो ।
यस साता ५ कारोबार दिनका लागि बजार खुलेको थियो । जसमध्ये ३ कारोबार दिन नेप्से बढेको थियो भने २ कारोबार दिन घटेको थियो । यस साता सेन्सेटिभ इण्डेक्स २९.२१ अंक घटेको छ भने फ्लोट इण्डेक्स १२.१८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ९.९८ अंक घटेको छ ।
नेप्से घटेसँगै यस साता कारोबार रकम पनि घटेको छ । गत साता दैनिक औषतमा १६ अर्ब ४९ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा १२ अर्ब रुपैयाँको सेयर किनबेच भएको छ । गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम २७.२० प्रतिशत घटेको हो। त्यस्तै, यस साता दैनिक औषत सेयर संख्या २७.३६ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या ६.३७ प्रतिशत घटेको छ ।
यस साता नेप्सेको कुल बजार पूँजीकरण साढे ५ प्रतिशत घटेको छ । गत साताको अन्तिम कारोबार दिन ५० खर्ब ९ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता २ खर्ब ७९ अर्ब रुपैयाँ घटेर ४७ खर्ब ३० अर्ब रुपैयाँमा झरेको छ। यस साता १३ उपसमूहमध्ये १ उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ । यस साता उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक २.०२ प्रतिशत बढेको छ । गत साता १० हजार ५२७.९० विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता २१२.३२ अंक बढेर १० हजार ७४० विन्दुमा पुगेको छ ।
यस साता अन्य उपसमूहको परिसूचक सर्वाधिक १०.१५ घटेको छ। गत साता २४१६.४२ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता २४५.३६ अंक घटेर २१७१.०६ विन्दुमा झरेको हो । अंकका आधारमा यस साता जीवन बीमा उपसमूहको परिसूचक सबैभन्दा बढी ७१०.६० अंक घटेको छ ।













समाचार
सिक्टा सिँचाइ : २० वर्षमा २४ अर्ब रुपैयाँ खर्च, ५१ प्रतिशत भौतिक प्रगति
युद्धको छायामा ब्रिक्स शिखर सम्मेलन, चिनियाँ राष्ट्रपति सी भारतमा
प्लेस्टेशनले १८ वर्षमाथिका लागि बनाएको वुल्भरिन गेम जोखिमपूर्ण दाउ हो, सफल होला?
अनलाइन सट्टेबाजी खेल्ने/खेलाउने तीन जना पक्राउ
हिमालीविपद् सामना गर्न नेपाल–चीन सहकार्य आवश्यक : चिनियाँ राजदूत झाङ
बाढीका कारण बैंकका १७ वटा शाखा प्रभावित, ७२.४ करोडको क्षति
दुई दिनमा भारतबाट ३ लाख ४५ हजार सिलिन्डर ग्यास आयात
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
प्याब्सनद्वारा विपद् राहत कोषमा १२ करोड सहयोग, पाँच विद्यालयका लागि २ करोड
नेपाल पर्यटन बोर्डको सीईओका लागि दरखास्त आह्वान