
कैलाली । धनगढी उपमहानगरपालिका–३ ट्राफिक चौराहबाट पाँच सय ४९ दशमलव दुई ग्राम अवैध सुनसहित दुईजना भारतीय नागरिकलाई आज प्रहरीले पक्राउ गरेको छ ।
भारतको उत्तर प्रदेश मोहला बजार–२ पलियाकला खिरीका दीपक गुप्ता र सोही ठाउँका सुमित बर्मालाई अवैध सुनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता एवं प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।
उनका अनुसार प्रहरी उपरीक्षक पदमबहादुर विष्टको कमान्डमा खटिएको प्रहरी टोलीले ट्राफिक चौराहबाट भारतको पलियाकला खिरीका गुप्ताले चलाएको उत्तरप्रदेश ३२ जेभी ९२०० भारतीय नम्बर प्लेटको कार शङ्का लागेर चेक गर्दा कारभित्र राखिएको ज्याकेटको खल्तीमा लुकाईछिपाई राखेको पाँच सय ४९ दशमलव दुई ग्राम सुन जस्तो देखिने पहेँलो धातुका काटिएका टुक्रा दुई थान र सरसमान बरामद गरेको हो।
प्रहरीले निजहरूका साथबाट सुनसहित लेनोभो ल्यापटप एक थान, रियलमी र रेडमी मोबाइल दुई थान, नेपाली नगद रु. ४४ हजार आठ सय १०, भारतीय एक हजार दुई सय ८० रुपैयाँ र उत्तरप्रदेश ३२ जेभी ९२०० नम्बर प्लेट भएको सुजुकी कार बरामद गरेको छ । बरामद गरिएको समान र पक्राउ गरिएका दुवैजनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













समाचार
सेबोनको नयाँ आईपीओ मापदण्डको प्रस्तावमा इप्पानको आपत्ति, जलविद्युतलाई छुट्टै व्यवस्था गर्न माग
जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा
प्रसारण लाइन निर्माणः प्रभावितलाई दश करोड ३३ लाख मुआब्जा
रोयल इन्फिल्डको ‘वान राइड’मा देशभरबाट १ हजार ५ सयभन्दा बढी सहभागी
भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि
रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति
प्रधानमन्त्री बालेन्द्र शाह यूएन महासभामा भाग लिन अमेरिका प्रस्थान, असोज ८ मा सम्बोधन गर्ने
“सीप र रोजगारी : साझा जिम्मेवारी” भन्ने मूल नाराका साथ रोजगार मेला, २०८३ हुँदै
नेपाल टेलिकमद्वारा भदौ महिनामा मात्र १३ स्थानमा नयाँ टेलिफोन टावर जडान
सडक निर्माणको ठेक्का प्रक्रियामा मिलेमतो, ७३ लाख ६१ हजार बिगोसहित ८ जनाविरुद्ध मुद्दा