
काठमाडौं । युवा, श्रम तथा रोजगार मन्न्त्रालयले असोज १४ देखि सीप तथा रोजगार मेला, २०८३ हुने जनाएको छ । मन्त्रालयले “सीप र रोजगारी : साझा जिम्मेवारी” भन्ने मूल नाराका साथ आगामी असोज १४ गतेदेखि २० गतेसम्म रोजगार मेला गर्न लागेको हो ।
यो वर्षको लागि आगामी असोज १४ गतेदेखि २० गतेसम्म “सीप र रोजगारी : साझा जिम्मेवारी” भन्ने मूल नाराका साथ कोशी प्रदेशको इटहरीमा सीप तथा रोजगार मेला, २०८३ आयोजना तथा सञ्चालन हुने भएको छ। मेलाले रोजगारीको खोजी गर्ने र रोजगारदाता बीच समन्वय गर्ने मन्त्रालयकी प्रवक्ता मिरा आचार्य जानकारी दिइन् । उनका अनुसार मेलामा रोजगारदाताको माग र सीप-रोजगार खोजकर्ताको योग्यता, अनुभव, सीप र रुचिका आधारमा सीप विकास, सीप परीक्षण तथा प्रमाणीकरणसम्बन्धी कार्यका साथै रोजगार मिलान तथा सिफारिस गरिनेछ।
मेलामा सीप सिक्ने रुचि र योजना भएका, योग्यता र अनुभवअनुसार रोजगारीको खोजीमा भएका, सीप परीक्षण तथा प्रमाणीकरण गर्ने सोचमा भएका र थप नयाँ सीप सिक्न चाहने युवाहरु सहभागी हुन सक्नेछन् । मेलामा सबैको सक्रिय उपस्थितिका लागि समेत आग्रह गरिएको छ ।












समाचार
सेबोनको नयाँ आईपीओ मापदण्डको प्रस्तावमा इप्पानको आपत्ति, जलविद्युतलाई छुट्टै व्यवस्था गर्न माग
जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा
प्रसारण लाइन निर्माणः प्रभावितलाई दश करोड ३३ लाख मुआब्जा
रोयल इन्फिल्डको ‘वान राइड’मा देशभरबाट १ हजार ५ सयभन्दा बढी सहभागी
भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि
रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति
प्रधानमन्त्री बालेन्द्र शाह यूएन महासभामा भाग लिन अमेरिका प्रस्थान, असोज ८ मा सम्बोधन गर्ने
नेपाल टेलिकमद्वारा भदौ महिनामा मात्र १३ स्थानमा नयाँ टेलिफोन टावर जडान
सडक निर्माणको ठेक्का प्रक्रियामा मिलेमतो, ७३ लाख ६१ हजार बिगोसहित ८ जनाविरुद्ध मुद्दा
गृह र ऊर्जामन्त्री पुगे मौसम विभाग, वर्षा र हिमपातबारे चासो