
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विश्वविद्यालयहरूको विकास र सुधारका लागि छलफल थालेको छ । उच्च शिक्षा क्षेत्रको सुधार र गुणस्तर कायम राख्न के गर्नुपर्छ भन्ने विषयमा मन्त्रालयले छलफल अघि बढाएको हो ।
शिक्षामन्त्री विद्या भट्टराईले उच्च शिक्षा क्षेत्रमा सुधार र गुणस्तर कायम राख्न सबै विश्वविद्यालयका नेतृत्वले विशेष ध्यान दिनुपर्ने बताइन् । सम्बन्धनको विषय पेचिलो भएकाले यस विषयलाई वैज्ञानिक दृष्टिकोणबाट हेरिनुपर्नेमा उनले जोड दिइन् ।
विश्वविद्यालय स्वायत्त संस्था भएकाले नियन्त्रणको आवश्यकता नपर्ने तर स्वःअनुशासन र स्वःनियन्त्रण आवश्यक रहने उनले बताइन् ।
विश्वविद्यालय अनुदान आयोगले आयोजना गरेको कार्यक्रममा मन्त्री भट्टराईले शिक्षाको केवल विस्तार गर्ने मात्र नभई यसले जीवनस्तर सुधार्नका लागि पर्याप्त आम्दानी र अवसर सिर्जना गर्नुपर्ने विषय तर्फ सोच्नुपर्ने समय आएको बताइन् ।
शिक्षाबाट समाजमा वर्ग निर्माण हुन नहुने तथा यसबाट सामाजिक न्यायको पक्षमा काम हुनुपर्नेमा उनले जोड दिइन् । उच्च शिक्षा क्षेत्रमा गुणस्तरको मापन प्रतिस्पर्धामा आधारित हुनुपर्ने साथै, विश्वविद्यालयहरूले गुणस्तर कायम राख्नका लागि सक्रिय भूमिका खेल्नुपर्ने उनले बताइन् ।
विद्यालय र विश्वविद्यालय बिचमा संवाद र अन्तरक्रियाको आवश्यकता रहेको बताउँदै उनले शैक्षिक क्यालेण्डर पालना नगरेमा विश्वविद्यालयहरूमा जाने स्रोत रोक्नुपर्ने सम्मको अवस्था आउन सक्ने बताइन् ।













समाचार
अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन
१३ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा रोक लगाउँदै ईयू, के हुन् प्रस्तावित नयाँ नियम?
प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
आज विश्वकर्मा पूजा, सवारीसाधनको पूजाआजा गरी मनाइदै
एभरेष्ट बैंकको सेयरमूल्य समायोजन
मनसुनी वायुको प्रभाव, कस्तो रहला आजको मौसम ?
डलरको मूल्य स्थिर, युरोको बढ्दा पाउण्डको घट्यो, कुन देशको विनिमयदर कति ?
चामे–बेँसीसहर सडक अवरुद्ध
बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग
उपत्यकाका १००० भन्दा बढी पसलमा ११० रुपैयाँ किलोमा चिनी सर्वसुलभ रूपमा पाइने सरकारको दाबी