
काठमाडौं । आज दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । एनएमबि बैंक लिमिटेड र साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो ।
यी दुई कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि पुस ९ गते बुक क्लोज गर्ने भएकाले आजसम्म नेप्सेमा सेयर किन्नेले सम्बन्धित कम्पनीको लाभांश पाउनेछन् । एनएमबि बैंकले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । यो प्रस्ताव पारित गर्न पुस २४ गते काठमाडौंको त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान १० बजे तीसौं वार्षिक साधारणसभा बस्दैछ ।
साना किसान विकास लघुवित्तले असार मसान्तसम्म कायम चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको घोषणा गरेको छ । घोषित लाभांश पारितका लागि पुस २५ गते काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहान ११ः१५ बजे २४ औँ वार्षिक साधारणसभा बस्दैछ ।













समाचार
बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा
जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी
पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज
ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना
एनपिएलको तयारी अन्तिम चरणमा: कीर्तिपुर मैदानमा के-के फेरिँदै छ?
दसैंको टीका कात्तिक ४ गते, उत्तम साइत बिहान १०ः२६ बजे
नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज
घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला
आजको मौसम : मनसुनी वायुको प्रभाव कायमै, ५ प्रदेशमा भारी वर्षाको सम्भावना
विदेशी विनिमयदर : डलर र युरो मंहगियो, पाउण्ड सस्तीदा कुनको मूल्य कति ?