
काठमाडौं । मंगलबार सेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । अघिल्ला दुई कारोबार दिनमा घटेर बन्द भएको बजार आज २४ दशमलव ५० अंकले बढेर बन्द भएको हो ।
आजको कारोबार बन्द हुँदा परिसूचक २६५७ दशमलव ७७ विन्दुमा पुगेको छ । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १७७ कम्पनीको सेयर मूल्य बढेको छ भने ६० कम्पनीको घटेको छ । त्यस्तै ६ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव १९ अंकले बढेर ४४४ दशमलव ७२ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये १३ वटैको सेयर मूल्य बढेको छ ।
परिसूचकसँगै आज कारोबार रकमा पनि वृद्धि भएको छ । अघिल्लो दिन ८ अर्ब ९२ करोड बढीको कारोबार भएको बजारमा आज ९ अर्ब माथिको कारोबार भएको छ । मंगलबार सेयर बजारमा ३२५ कम्पनीका १ करोड ९६ लाख ८० हजार १९५ कित्ता सेयर ९५ हजार ९७ पटक खरिद बिक्री हुँदा ९ अर्ब ४० करोड २६ लाख ७८ हजार ३३ रुपैयाँ बराबरको कारोबार भएको छ ।
मंगलबारको कारोबार बन्द हुँदा सेयर बजारमा ६ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।













समाचार
एनएमएको पर्वतीय पथप्रदर्शक प्रशिक्षणका ३५ जनाले चढे दङ्गा पिक
घुम्ती गोठमा रमाएका टीकाजीत
अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल
आर्थिक उन्नयनमा वन : तनहुँमा १७ करोड २३ लाखको कारोबार
जैविक विविधतासहितको सिमसार सोती अतिक्रमणको चपेटामा
पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
नबिल म्युचुअल फण्डका दुई फण्डको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन
नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै
शीतभण्डार आयोजना अलपत्र,किसानको जग्गा सात वर्षदेखि उपयोगविहीन
पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल