
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अवधिमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको नाफा साढे २२ करोड पगेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार २२ करोड ५० लाख रुपैयाँ नाफा कमाएको हो ।
वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको सोही अवधिको तुलनामा ३७.६७ प्रतिशतले घटेको हो । गत वर्षको सोही अवधिसम्ममा कम्पनीको नाफा ३६ करोड ९ लाख रुपैयाँ रहेको थियो । नाफा घटे पनि कम्पनीको खुद बीमाशुल्क आर्जन भने बढेको छ । गत वर्ष कम्पनीको बीमाशुल्क आर्जन ७९ करोड २५ लाख रुपैयाँ रहेकोमा चालु आवको पुस मसान्तसम्मा ८० करोड ३९ लाख रुपैयाँ पुगेको छ । चालु आवमा कम्पनीको कुल आम्दानी भने घटेको छ । गत आवमा कम्पनीको कुल आम्दानी १ अर्ब ३३ करोड रुपैयाँ रहेकोमा चालु आवमा घटेर १ अर्ब ३० करोड रुपैयाँमा झरेको छ ।
हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ८० करोड रुपैयाँ रहेको छ । कम्पनीको सेयर प्रिमियम ४ लाख रुपैयाँ, स्पेशल रिजर्भमा २ अर्ब ५० करोड रुपैयाँ, रिटेन्ड अर्निङमा १ अर्ब ३१ करोड रुपैयाँ र महाविपत्ति कोषमा १९ करोड रुपैयाँभन्दा बढी सञ्चित रहेको छ । त्यस्तै चालु आवको दोस्रो त्रैमासिकसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १६ रुपैयाँ ०३ पैसा र प्रतिसेयर नेटवर्थ २ सय ८७ रुपैयाँ ३४ पैसा रहेको छ ।













समाचार
आयल निगमको कार्यकारी निर्देशकका लागि ६ जनाको नाम सर्टलिस्ट
भूकम्पपीडित भेनेजुएलाका लागि ३० करोड डलर अपिल
नियमित उडान नहुँदा टरिगाउँ विमानस्थलको इन्धन डिपो समस्यामा
रासायनिक मलका लागि हरसम्भव प्रयासरत छौँः मन्त्री चौधरी
व्यावसायिक तरकारीखेतीबाट आत्मनिर्भर बन्दै चन्द्रपुरका महिला
आज मध्यरात पछि स्थानीय तहमा नियमित आर्थिक कारोबार बन्द
पेट्रोलमा इथानोल मिसाउँदा भारतीय चालकहरुको असन्तुष्टि
दुई दिने सार्वजनिक बिदामा आरटीजीएस प्रणाली सुचारु हुने
बालेन शाहले भेटे निर्माण व्यवसायी, सुने निर्माण क्षेत्रले खेप्दै आएको सास्ती
मौद्रिक नीतिको सीबीफीनद्धारा स्वागत