
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा कोषको आकार खर्ब माथि पुगेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्मको वित्तीय विवरण अनुसार जीवन बीमा कोषको आकार १ खर्ब ३ अर्ब ७१ करोड ४१ लाख पुगेको हो ।
कम्पनीको जीवन बीमा कोष अघिल्लो आर्थिक वर्षको भन्दा १०.३५ प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीको जीवन बीमा कोष ९३ अर्ब ९८ करोड ७७ लाख रुपैयाँको रहेको थियो । जीवन बीमा कोषको आकार बढे पनि कम्पनीको नाफामा भने गिरावट देखिएको । समीक्षा अवधिमा कम्पनीले ३७ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको वर्षको तुलनामा १०.२३ प्रतिशतले कम हो । कम्पनीले अघिल्लो आर्थिक बर्षमा ४१ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा कम्पनीको नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) मा पनि गिरावट आएको छ । समीक्षा अवधिमा कम्पनीको इपीएस ६ रुपैयाँ ६४ पैसा पुगेको छ । अघिल्लो आवको अन्तिमसम्ममा कम्पनीको इपीएस ७ रुपैयाँ ९२ पैसा रहेको थियो ।
समीक्षा अवधिमा कम्पनी व्यापार विस्तारमा भने आक्रामक देखिएको छ । यो अवधिमा कम्पनीले २४ अर्ब १५ करोड ८७ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा १२.५१ प्रतिशतले बढी हो । अघिल्लो वर्ष कम्पनीले २१ अर्ब ४७ करोड २७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।
कम्पनीको कुल आम्दानी १०.४३ प्रतिशतले बढेर ३१ अर्ब ६१ करोड रुपैयाँ पुग्दा कुल खर्च पनि ११.०४ प्रतिशतले बढेर ३० अर्ब ४५ करोड ९२ लाख रुपैयाँ नाघेको छ । ५ अर्ब ६९ करोड १६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको महाविपत्ति कोष ५.४२ प्रतिशतले बढेर ७४ करोड ५९ लाख रुपैयाँ कायम भएको छ ।
समीक्षा अवधिमा कम्पनीको रिटेन्ड अर्निङमा भने ४३.७६ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष ८७ करोड १० लाख रुपैयाँ रहेको जगेडा कोष ४८ करोड ९८ लाखमा झरेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १२७ रुपैयाँ ७५ पैसा रहेको छ ।













समाचार
मन्त्री मेहताद्वारा ट्रमा सेन्टरको निरीक्षण
तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर
माहुत समुदायः परम्परागत पेसा छुट्यो, अभाव र सङ्कट घटेन
डोको बुन्दै, सीप सिकाउँदै
नयाँ बसपार्कमा टिकट लिन रातिदेखि यात्रुको लाइन
शिक्षकबाट कृषिउद्यमी बनेका फेन्चु अरुका लागि अनुकरणीय
पाकिस्तानलाई १.२ अर्ब डलर सहयोगमा आईएमएफको सहमति
बाढीले पुलमा क्षति पुर्याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर
कांग्रेस १५औँ महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि आज मतदान
मनसुनी वायुको प्रभाव कायमै, ती प्रदेशमा भारी वर्षाको सम्भावना