
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको नाफा चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अवधिमा ४७ पैतिशतले घटेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको सोही अवधिको भन्दा ४७.१६ प्रतिशतले नाफा घटेको हो ।
विवरण अनुसार कम्पनीले चालु आवको पुस मसान्तसम्ममा ६ करोड ९६ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत आवको सोही अवधिको भन्दा ४७ प्रतिशतले कम हो । समीक्षा अवधिमा कम्पनीको आम्दानी र खुद बीमाशुल्क आर्जन घटेकाले नाफा घट्न पुगेको हो । कम्पनीको आम्दानी गत आवमा ७५ करोड ९६ लाख रुपैयाँ रहेकोमा चालु आवमा घटेर ६९ करोड ९३ लाख रुपैयाँ कायम भएको छ । त्यस्तै, खुद बीमाशुल्क आर्जन गत आवमा ४४ करोड ४० लाख रुपैयाँ रहेकोमा चालु आवमा ४४ करोड ३७ लाख रुपैयाँ कायम भएको छ ।
नाफा घटेसँगै कम्पनीको प्रतिसेयर आम्दानी समेत प्रभावित भएको छ । कम्पनीको प्रतिसेयर आम्दानी गत आवमा १३ रुपैयाँ ८५ रुपैयाँ रहेकोमा चालु आवमा घटेर ६ रुपैयाँ ६४ पैसा कायम भएको छ । चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको कम्पनीको स्पेशल रिजर्भमा १ अर्ब २ करोड रुपैयाँ, रिटेन्ड अर्निङमा १६ करोड रुपैयाँ र महाविपत्ति कोषमा ४ करोड रुपैयाँभन्दा बढी सञ्चित रहेको छ । कम्पनीको निर्जीवन बीमाकोषमा गत आवमा ३ अर्ब ३ करोड रुपैयाँ रहेकोमा चालु आवमा बढेर ३ अर्ब ५ करोड रुपैयाँ पुगेको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ १ सय ८० रुपैयाँ ६० पैसा रहेको छ ।













समाचार
च्याम्पियन्स लिगमा रियलको विजयी सुरुवात
म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण : बाँसबोटका किसानलाई केरा बिक्री गर्न सहज
तादी खोलामा ६० मिटर लामो फलामे पुल जडान, नेपाली सेनाले भोलिसम्ममा काम सक्ने
विस्फोटक पदार्थसहित एक जना पक्राउ
दैलेखको भम्लु खोलामा सुख्खा पहिरो, कर्णाली राजमार्ग अवरुद्ध
बाढीबाट भएको क्षतिको यथार्थ मूल्याङ्कन गर्न अर्थमन्त्रीको निर्देशन
मुस्ताङ भन्सारः ५६ करोड राजस्व सङ्कलन
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ कार्यसूची
देशभर मनसुन सक्रिय, कस्तो रहला आजको मौसम ?
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर