
काठमाडौं । बजारमा अण्डाको मूल्य बढेको छ। मागअनसार उत्पादन नहुँदा मूल्य बढ्न थालेको हो। गत शुक्रबारदेखि लागू हुने गरी अण्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँ बढाइएको नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोख पोखरेलले जानकारी दिए।
बजारमा मध्यम, ठूलो र एक्सल गरी तीन आकारका अण्डा आउँछन्। अहिले मध्यम अण्डाको मूल्य प्रतिक्रेट चार सय ७०, ठूलो चार सय ८५ र एक्सल अण्डा पाँच सय रुपैयाँ छ।
यसअघि मध्यम अण्डा प्रतिक्रेट चार सय ५५, ठूलो चार सय ७० र एक्सल चार सय ८५ रुपैयाँ थियो। यो किसानले पाउने मूल्य हो। उपभोक्ता मूल्य भने प्रतिगोटा २० रुपैयाँ छ। आगामी दिनमा अण्डाको मूल्य बढ्दा उपभोक्ता मूल्य पनि बढ्ने पोखरेल बताउँछन्।
‘अहिले किसानले पाउने मूल्य मात्रै बढेको छ। उपभोक्ता मूल्य स्थिर नै छ, उनले भने, ‘अब बढ्दा उपभोक्ता मूल्य पनि बढ्छ।’ पोखरेलका अनुसार लागत मूल्य नउठ्दा एकातिर अण्डा उत्पादक किसान घटेका छन् भने, चिसोका कारण अहिले अण्डा उत्पादन हुन पनि सकेको छैन।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह