
काठमाडौं । सेयर कारोबार हुने साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकल घटेर बन्द भएको छ । अघिल्लो दिन पनि दोहोरो अंकले घटेको बजार आज पनि १३.८८ अंकले घटेर बन्द भएको हो ।
आजको कारोबार बन्द हुँदा परिसूचक २५८१.२१ विन्दुमा पुगेको हो । आज सेयर बजारमा २०० कम्पनीको सेयर मूल्य घटेको छ भने ५४ कम्पनीको सेयर मूल्य बढेको छ । आज ५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि २.२५ अंकले घटेर ४४६.०१ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये १२ वटाको सेयर मूल्य घटेको छ । आज एउटा मात्रै उपसूचकको मात्रै सेयर मूल्य बढेको थियो ।
परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन साढे ४ अर्ब माथिको कारोबार भएको बजारमा आज भने साढे ३ अर्ब माथिको कारोबार मात्रै भएको छ । आज सेयर बजार ३३२ कम्पनीका ९१ लाख ६७ हजार ३५९ कित्ता सेयर ६५ हजार ३१२ पटक खरिद बिक्री हुँदा ३ अर्ब ५१ करोड ५९ लाख २० हजार ७१८ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।













समाचार
कीर्तिपुरमा नेपाल र भारत ‘ए’ बीच तीन खेलको टी–२० सिरिज हुने
पुस मसान्तभित्र लेखापरीक्षण गरीसक्न सञ्चारमन्त्रीको निर्देशन
सेवा स्टन्टबाजी होइन, हाम्रो कर्तव्य हो: गृहमन्त्री सुधन गुरुङ
१८ दुईपाङ्ग्रे र २६ चारपाङ्ग्रे प्यासेन्जरसहित ५१ ब्रान्ड सार्वजनिक, नाइमा एक्स्पोको तयारी तीव्र
दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार
महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हब उद्घाटन
निष्क्रिय खाता घटाउन राष्ट्र बैंकको निर्देशन
गणेश नेपाली प्रकरणको गहिरो छानबिन गरी जिम्मेवार पक्षमाथि कडा कारबाही होस् : सांसद कुँवर
मुलुकलाई द्वन्द्व र अनिष्टको दुष्चक्रमा फसाउने गल्ती नहोस् : ओमप्रकाश अर्याल
राहदानी विभागको सर्भरमा समेत समस्या, दिनभर सर्भर डाउन