
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म ७ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
गत वर्षको दोस्रो त्रैमाससम्मको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा १४.९० प्रतिशतले घटेको हो । गत वर्ष कम्पनीले ८ करोड ७५ लाख रुपैयाँ नाफा कमाएको थियो । नाफा घटेसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेको छ । कम्पनीको प्रतिशेयर आम्दानी गत आवमा १२ रुपैयाँ रहेकोमा चालु आवमा घटेर ९ रुपैयाँ ६८ पैसा कायम भएको छ ।
खुद नाफा घटे तापनि कम्पनीको आम्दानी र खुद बीमाशुल्क आर्जन भने वृद्धि भएको छ । कम्पनीको आम्दानी गत आवमा ५५ करोड ३० लाख रुपैयाँ रहेकोमा चालू आवमा बढेर ६७ करोड रुपैयाँ नाघेको छ । त्यस्तै कम्पनीको खुद बीमाशुल्क आर्जन गत आवमा ३१ करोड ३५ लाख रुपैयाँ रहेकोमा चालू आवमा बढेर ४४ करोड ३५ लाख रुपैयाँ पुगेको छ ।
हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ५३ करोड रुपैयाँ रहेको छ । कम्पनीको स्पेशल रिजर्भमा १ अर्ब ३५ करोड रुपैयाँ, रिटेन्ड अर्निङमा ८ करोड रुपैयाँ र महाविपत्ति कोषमा पनि ८ करोड रुपैयाँभन्दा बढी सञ्चित रहेको छ । गत आवमा कम्पनीको निर्जीवन बीमा कोषमा २ अर्ब ८५ करोड रुपैयाँ रहेकोमा चालु आवमा बढेर ३ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २ सय ४ रुपैयाँ ८३ पैसा रहेको छ ।













समाचार
बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा
जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी
पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज
ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना
एनपिएलको तयारी अन्तिम चरणमा: कीर्तिपुर मैदानमा के-के फेरिँदै छ?
दसैंको टीका कात्तिक ४ गते, उत्तम साइत बिहान १०ः२६ बजे
नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज
घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला
आजको मौसम : मनसुनी वायुको प्रभाव कायमै, ५ प्रदेशमा भारी वर्षाको सम्भावना
विदेशी विनिमयदर : डलर र युरो मंहगियो, पाउण्ड सस्तीदा कुनको मूल्य कति ?