
काठमाडौं । यो साता नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ । गत साता २५४५.७३ विन्दुमा बन्द भएको नेप्से यो साता साढे १४ अंकले बढेर २५६०.२९ विन्दुमा पुगेर बन्द भएको हो । यो गत साताको भन्दा ०.५७ प्रतिशतले धेरै हो ।
साताभरका ५ कारोबार दिनमध्ये ३ करोबार दिन नेप्से बढेको थियो भने २ दिन घटेर कारोबार बन्द भएको थियो । त्यस्तै यो साता फ्लोट इण्डेक्स ०.३९ अंक बढेको छ भने सेन्सेटिभ इण्डेक्स ०.२३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१२ अंक घटेको छ । नेप्सेसँगै यो साता कारोबार रकम पनि सामान्य बढेको छ । गत साता दैनिक औषतमा ४ अर्ब ७ करोड ९० लाख रुपैयाँको सेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ४ अर्ब ८ करोड ३० लाख रुपैयाँको सेयर किनबेच भएको छ । गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ०.०८ प्रतिशत मात्र बढेको हो । त्यस्तै, यस साता दैनिक औषत सेयर संख्या ३.९८ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या ७.६१ प्रतिशत बढेको छ ।
यो साता नेप्सेको कुल बजार पुँजीकरण पनि सामान्य बढेको छ । गत साताको अन्तिम कारोबार दिन ४२ खर्ब ७३ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पुँजीकरण यो साता २५ अर्ब रुपैयाँ बढेर ४२ खर्ब ९८ अर्ब रुपैयाँ पुगेको छ । यस साता ९ उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ । एक उपसमूहको परिसूचक भने यस साता स्थिर रहेको छ । यस साता होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ४.८९ प्रतिशत बढेको छ । गत साता ६३२१.६९ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ३०९.४३ अंक बढेर ६६३१.१२ विन्दुमा पुगेको छ । अंकका आधारमा पनि यही उपसमूहको परिसूचक सर्वाधिक बढेको हो ।
कारोबारमा आएको वित्त उपसमूहको परिसूचक यस साता ०.८२ प्रतिशत घटेको छ । गत साता २२६३.१९ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता १८.६६ अंक घटेर २२४४.५३ विन्दुमा झरेको छ । अंकका आधारमा भने यस साता निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ६७.०३ अंक घटेको छ ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व