
काठमाडौं । नेपाल चेम्बर अफ कमर्समा कृत्रिम बौद्धिकता एआई नीति र औद्योगिक विकास मार्फत नेपालको डिजिटल भविश्यबारे बृहत अन्तरक्रिया सम्पन्न भएको छ । काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा सञ्चार तथा सूूचना प्रविधिमन्त्री जगदिश खरेलको उपस्थितीमा सूचना प्रविधि क्षेत्रका दुुई दर्जन बढी संघसंस्थाका प्रतिनिधीको सहभागिता रहेको थियो ।
नेपालमा एआई प्रविधीको प्रभावकारी उपयोग, नीतिगत स्पष्टता र कानूूनी सहजता मार्फत डिजितल भविश्य निर्माण गर्न सरकार निजी क्षेत्र र सरोकारवाला निकायबीच साझा समझदारी आवश्यक रहेको सरोकारवालाले बताएका छन । सो कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले देशको सुुशासनका लागि आईटीको विकास महत्वपूर्ण भएको बताए । सरकारी सेवालाई चुुस्त र प्रभावकारी बनाउन एवं आर्थिक पारदर्शिताका लागि पनि आईटीको विकास महत्वपुुर्ण हुने उनको भनाई छ ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुुमार अग्रवालले एआई केवल प्रविधिको विषय मात्र नभई आर्थिक पारदर्शिता, उद्यमशिलता प्रवद्र्धन र रोजगारी सिर्जनाको महत्वपुुर्ण आधार बन्दै गएको बताए । डिजिटल रुपान्तरण मार्फत सार्वजनिक सेवालाई प्रभावकारी बनाउने, व्यवसायिक लागत घटाउने र निर्णय प्रक्रीयामा पारदर्शिता ल्याउन एआईको भूूमिका महत्वपूर्ण हुने अध्यक्ष अग्रवालको भनाइ छ ।
अध्यक्ष अग्रवालले एआईको माध्यामबाट कृषि, स्वास्थ्य, शिक्षा, वित्त, ऊर्जा तथा सार्वजनिक सेवामा गुणस्तर सुधार गर्दै सिमित श्रोतबाट अधिकतम उपलव्धी हासिल गर्नुुपर्ने बताए । नेपाल चेम्बर अफ कमर्सले सरकार र निजी क्षेत्रबीच विश्वसनीय पुुलको भूूमिका निर्वाह गर्दै एआई नीति निर्माण र कार्यन्वयनमा निरन्तर सहकार्य गर्ने अध्यक्ष अग्रवालले प्रतिवद्धता जनाए ।
कार्यक्रममा चेम्बरका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले आईटीको विकास मार्फत दिगो आर्थिक विकास गर्नुुपर्ने बताए । उनले सार्वजनिक निजी साझेदारी मार्फट आईटी क्षेत्रको विकास गर्न सकिए युवाहरुको वैदेशिक पलायन रोक्न सकिने बताए । कार्यक्रममा सहभागी विभिन्न संघ संस्थाका प्रतिनिधीहरुले नेपालमा एआई नीतिको प्रभावकारिता, कानूूनी जटिलता, डेटा सुुरक्षा, साईबर जोखिम जस्ता विषयमा धारणा राखेका थिए ।
सो क्रममा चेम्बरको आईटी, सफ्टवेयर र टेक्नोलोजी समिति तथा युुनियन अफ इन्फरमेशन कम्युुनिकेशन एण्ड टेक्नोलोजी नेपालबीच सूूचना प्रविधी र एआईको क्षेत्रमा सहकार्य गर्ने सम्वन्धमा सम्झौता समेत भएको छ । सम्झौतामा चेम्बर आईटी समिति सभापति विज्ञान श्रेष्ठ र युुनियन अफ इन्फरमेशन कम्युुनिकेशन एण्ड टेक्नोलोजीका तर्फबाट महासचिव कुुशल रेग्मीले हस्ताक्षर गरे ।













समाचार
दुई विश्व कीर्तिमानी किलु : ब्रोड पिकमा कहिल्य नफर्किने गरि अस्ताए
शेखरले एसियाली आईटीएफ खेल्ने
पोल्ट्री व्यवसायीलाई प्रशिक्षण
राष्ट्रपतिसमक्ष एनआरएनएको शिष्टाचार भेट, विश्व ज्ञान सम्मेलनको अवधारणापत्र प्रस्तुत
वीरगञ्ज नाकाबाटको २ खर्ब ३८ अर्ब पेट्रोलियम पदार्थ आयात
नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ध्यानाकर्षण तथा अपिल
सामाजिक सद्भाव कायमका लागि सक्रिय रहन प्रदेश महासंघ तथा जिल्ला/नगर संघहरूलाई महासंघको आह्वान
छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार
सामाजिक सद्भाव र शान्ति कायम गर्न इप्पानको अपिल
साउन १५ को अवसरमा १ अर्बभन्दा बढीको दूध कारोबार