
पाल्पा । बाह्रै महिना पानी झरिरहने पाल्पाको निस्दी गाउँपालिका–५ बहपुर र बेलौजीको गाउँको बीच भागमा अवस्थित घाङ्चो छहरा हेर्दै मनमोहक छ । यसलाई मगर भाषामा घाङ्चो छहरा भनिन्छ । तर जनजिब्रोमा भने मगर भाषामै घाङ छहर अर्थात् नेपालीमा अग्लो झरनाका नामले चिनिन्छ ।
यहाँ पुग्ने जोकोही पनि झरनाको पानीमा नुहाउने र मज्जा लिने गर्छन् । यहाँसम्म पुग्न सडक यातायात पूर्वाधार तथा प्रचारप्रसारलगायतको अभावमा भने यो ओझेलमा परेको छ । बहपुरका तेजन सुनारी पाखापखेरामा घाँसदाउरा होस् या गोठालो जाँदा झरनाको आवाजले मन नै फुरुङ्ग बनाउने गरेको बताए । हिउँदयाममा पनि पानी कहिल्यै नसुक्ने उक्त झरना मनमोहक रहेको उनले बताए ।
‘गर्मीयाममा अग्लो छाँगोबाट झरिरहेको झरनाको पानीमा नुहाउन र मज्जा लिने गरिन्छ, यहाँ गर्मीयाममा पनि पानी सुक्दैन’, सुनारीले भने, ‘यसको प्रचारप्रसारको आवश्यकता छ, यहाँसम्म आवतजावत गर्न पूर्वाधार विकास नहुँदा झरना गुमनाम बनेको छ, यो पर्यटक भित्र्याउने माध्यम बन्नुपर्छ ।’
पर्यटनको सम्भावना बोकेको सो झरनालाई पर्यटकीय पूर्वाधार विकाससँग जोडे यो पर्यटकीय गन्तव्यस्थल बन्छ । करिब ३० मिटरभन्दा बढी उचाइ रहेको सो झरना २० मिटरसम्म फैलिएको छ । झरनासम्म पुग्ने बाटो सहज नहुँदा पर्यटकको चहलपहल न्यून छ । बहपुर र बेलौजी गाउँसम्म सडक सुविधा पुगेको छ । बहपुर गाउँबाट करिब १० मिनेट र बेलौजी गाउँबाट १५ मिनेटको पैदलयात्रा गरेपछि उक्त झरनामा पुगिन्छ । झरनालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न निस्दी गाउँपालिकाले पहलकदमी थालेको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रमबाट बहपुरगाउँबाट झरनासम्म पैदलमार्ग बनाउन थालिएको छ । अब त्यहाँसम्म पुग्न पैदलमार्ग (सिँढी) निर्माण गरिँदै छ । झरनासम्म सडक विस्तार गर्न पैदलमार्ग तयार गरिएको निस्दी–५ का वडाध्यक्ष दुर्गाबहादुर सोमैले बताए । चालु आर्थिक वर्षमा झरनाको प्रबर्द्धन र पर्यटन विकास गर्न रु एक लाख बजेटको व्यवस्था गरिएको उनले जानकारी दिए । अग्लो स्थानबाट बेगले झरेको झरनाबाट मनलाई आनन्दित बनाउँछ ।













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह