
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाहले सुनसरी जिल्लाका विभिन्न गाउँबस्तीमा भएको आपसी द्वन्द्व र त्यसबाट उत्पन्न अशान्तिप्रति चिन्ता व्यक्त गरेका छन् । साउन १४ गते निर्मल निवासस्थित संवाद सचिवालयमार्फत एक सद्भाव सन्देश जारी गर्दै उनले नेपालीहरूबीचको ऐतिहासिक एकता र सामाजिक सद्भाव कायम राख्न अपील गरेका हुन् ।
पूर्वराजा शाहले सुनसरीमा भएको विवादले जनधनको क्षति पु¥याएको र त्यसको असर कोशी क्षेत्र तथा तराईका विभिन्न भू–भागमा फैलिएको खबरले आफूलाई अत्यन्त दुखी तुल्याएको बताएका छन् । जारी सन्देशमा भनिएको छ, ‘समाजका सबै समुदायमा सामन्जस्य रहेको देशका रूपमा सुपरिचित नेपालमा यस प्रकारका अवाञ्छित घटना र दुर्घटना घट्नु चिन्ताको विषय हो । यो हाम्रो मौलिक मूल्य र मान्यता विपरीतको विषय हो ।’
नेपालको गौरव र पहिचान नै बहुजातीय, बहुभाषिक र बहुधार्मिक विविधतामा रहेको उल्लेख गर्दै उनले यस विशिष्ट गुणलाई गुम्न दिन नहुनेमा जोड दिएका छन् । ‘हामी नेपालीहरू नेपाल निर्माणको सुरुवाती समयदेखि नै परस्पर मिलिजुली, हाँसीखुसी एक अर्कामा माया– प्रिती गाँसी बसेका जातजाति हौं’, सन्देशमा भनिएको छ, ‘कोही कसैबाट यसमा खलल पार्ने काम हुनु हुँदैन ।’













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि