
चितवन । जिल्लामा उत्पादित दूधको गुणस्तर, उत्पादन र बजारीकरणका लागि नयाँ परियोजना सुरु गरिएको छ । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघले जिल्लामा उत्पादित दूधको गुणस्तर र उत्पादन बढाउन ‘मिल्की वे’ परियोजना सञ्चालनका लागि काम अघि बढाएको हो ।
जिल्लामा उत्पादित दूधको बजारीकरण, गुणस्तर र उत्पादन वृद्धि गर्न किसानलाई सहजीकरण गर्ने उद्देश्यले सो परियोजना ल्याइएको हो । संघका अध्यक्ष किशोर बगालेले यस परियोजनामार्फत दूध उत्पादनको लागत घटाउने, पशु चौपायाको स्वास्थ्यमा पर्ने समस्या समाधानका लागि सहयोग पु¥याउने, यन्त्र उपकरणको प्रयोग बढाउने, बजार व्यवस्थापनमा सहयोग गर्ने, स्वच्छ तथा सफा दूध उत्पादन र सङ्कलनमा सहयोग गर्ने रहेको बताए । उनका अनुसार दुग्ध क्षेत्रको प्रथामिकता पहिचानमा सहयोग गर्ने र नश्ल सुधारमा समेत काम गरिनेछ । परियोजना सञ्चालनमा आएसँगै जिल्लामा रहेका एक सय १५ दुग्ध उत्पादक सहकारी संस्था र त्यसमा आबद्ध किसान प्रत्यक्ष रुपमा लाभान्वित बन्नेछन् ।
दूध उत्पादन, बजारीकरण र मूल्य नपाउने समस्याबाट कृषकलाई बचाउनका लागि यो परियोजना फलदायी बन्ने आज यहाँ आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् । संघले सरोकारवालासँग लक्ष्यप्राप्तिका लागि के–कस्ता कार्यक्रम उपयोगी हुन्छन् भन्ने विषयमा आज अन्तरक्रिया गरेको थियो । अहिले दूधको भुक्तानी नपाएका कारण दूध उत्पादन बढाउन कठिन मानेका किसान यो परियोजना कार्यान्वयनसँगै लागत घट्ने हुँदा दूध उत्पादन बढाउन सहयोग पुग्ने सो अवसरमा बताइएको थियो ।
कार्यक्रममा केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका उपाध्यक्ष भागिरथ तिमिल्सिनाले दूधको लागत मूल्य घटाउनसके देशलाई दूधमा आत्मनिर्भर बनाउन सकिने बताए । स्थानीय बजारमा दूधको मागमा एकरुपता नहुँदासमेत किसान चिन्तित बन्ने गरेको भन्दै उनले दूधको गुणस्तर कायम गर्नसके माग बढ्ने बताए । परियोजनामा सहकार्य गरेको हेफर इन्टरनेशनलका कार्यक्रम निर्देशक डा केशव शाहले नेपालको दुग्ध उत्पादनका क्षेत्रमा रुपान्तरण गर्नका लागि आफूहरुले काम अघि बढाएको बताए ।
दूध उत्पादनबाट कसरी फाइदा लिन सकिन्छ भन्ने विषयमा किसानलाई सहजीकरण गर्दै नेपाललाई दूधमा आत्मनिर्भर बनाउनका लागि आफूहरुले विगत लामो समयदेखि काम गर्दै आइरहेको उनको भनाइ थियो । परियोजनाका हेर्दै आएका भोला श्रेष्ठले नाफा नहुँदा, प्रतिस्पर्धी छैनन् भन्ने हुँदा किसान सन्तुष्ट बन्न नसकेको उनले बताए । दूधमा गुणस्तर कायम गर्नका लागि वंशाणुगत गुणमा ख्याल गर्न आवश्यक रहेको उनको भनाइ थियो । जिल्लामा हाल दैनिक ३ लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको छ । त्यसमध्ये एक लाख ५० हजार लिटर दूध जिल्ला बाहिर बिक्री हुने गरेको छ ।
संघले यस वर्ष अबका दुई महिना विभिन्न कार्यक्रम र सहयोगमार्फत किसान तथा सहकारीलाई सहयोग गर्दैछ । वार्षिक रुपमा सम्झौता गरेर स्थानीय तहसहितको सहकार्यमा हेफरसँग सहकार्य गरेर काम गर्नका लागि सङ्घसित सम्झौता भइसकेको छ ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू