
काठमाडौं । बुधबार सेयर बजार २७ सय अंक नजिक पुगेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ७.०१ अंक बढेर २६९६ अंकमा पुगेको हो ।
कारोबारका क्रममा नेप्से २७ सय ४ अंकसम्म पुगेको थियो । बजार बढ्दा कारोबार रकम केही घटेको छ । अघिल्लो दिन ८ अर्ब ५४ करोडको कारोबार भएकोमा आज ७ अर्ब २६ करोडको भयो । कुल १४७ कम्पनीको मूल्य बढ्दा ९७ को घट्यो भने २ को स्थिर रह्यो ।
यस दिन हाइड्रोपावर सेक्टरमा लगानीकर्ताको आकर्षण देखिएको छ । सो सेक्टर सबैभन्दा धेरै १.६३ प्रतिशत बढ्यो । त्यस्तै बैंकिङ ०.३९, विकास बैंक १.११, जीवन बीमा ०.०५, निर्जीवन बीमा ०.५५ र व्यापार ०.११ प्रतिशत बढे ।
फाइनान्स ०.६७, होटल तथा पर्यटन ०.१६, लगानी ०.३५, उत्पादन समूह ०.१६, माइक्रोफाइनान्स ०.०६ र अन्य समूह १.०७ प्रतिशत घटे । पाँच कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत मूल्य बढेका कम्पनीमा कर्पोरेट डेभलपमेन्ट बैंक, बलेफी हाइड्रोपावर, नेपाल माइक्रो इन्स्योरेन्स, राधि विद्युत् र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स छन् ।
ङादी ग्रुपको ७.४, ग्रिन डेभलपमेन्ट बैंकको ६.५, शिवश्री हाइड्रोपावरको ५.८ र हिमालयन पावर पार्टनरको ५.८ प्रतिशत मूल्य बढ्यो । गुराँस लघुवित्त वित्तीय संस्थाको ५.५, सिन्धु विकास बैंकको ४.३ प्रतिशत मूल्य घट्यो ।
कारोबार रकमका आधारमा ङादी ग्रुप पावर, राधि विद्युत्, बलेफी हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर, हिमालयन पावर पार्टनर क्रमशः अगाडि रहे ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम