
स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिकामा चालु आर्थिक वर्षमा दुई सडक कालोपत्र गरिएका छन् । भीरकोट–६ को सुन्दरबजार–मोहनडाँडा–ठूलीभञ्ज्याङदेखि पर्वतको हातेमालोचोक जाने सडक कालोपत्र गरिएको छ । सुन्दरबजारदेखि–स्वरेक मैदान सडकको सडक कालोपत्र गर्ने काम सकिँदै छ । सुन्दरबजारदेखि पर्वतको हातेमालोचोक जोड्ने सडक कालोपत्रको काम भइरहेको भीरकोट नगरपालिकाका इञ्जिनियर सरोज पराजुलीले बताए । आगामी असार २० गतेसम्म सडक कालोपत्र सक्ने गरी काम भइरहेको उनले बताए । सडक कालोपत्रसँगै पक्की नाली र पर्खाल निर्माण गर्ने काम भइरहेको छ ।
त्यस्तै सुन्दरबजारदेखि स्वरेक मैदान जोड्ने सडक स्तरोन्नति गरिएको छ । विसं २०८१ पुस २६ गते सम्झौता भई निर्माण सुरु भएको उक्त सडक आगामी जेठ मसान्तसम्ममा सक्नुपर्ने भए पनि तोकिएको समयअगावै सम्पन्न भएको योजना शाखा प्रमुख यामप्रसाद रेग्मीले बताए । उक्त सडकमा पर्खाल बनाउने, जाली हाल्ने र पक्की नाली निर्माण गरिएको छ ।
नगरपालिकाले नगरका गौरवका सडकलाई प्राथमिकताका आधारमा निर्माण गर्दैआएको नगर प्रमुख गोविन्दकुमार कर्माचार्यले बताए । सुन्दरबजारदेखि पर्वतको हातेमालोचोक जोड्ने सडक ५० प्रतिशत सङ्घीय समपूरक अनुदान र ५० प्रतिशत नगरपालिकाको लागत सहभागितामा सञ्चालन भएको उनले बताए । त्यस्तै सुन्दरबजारदेखि स्वरेक मैदान जोड्ने सडक गण्डकी प्रदेश सरकारको समपूरक अनुदान ६० प्रतिशत र नगरपालिकाको ४० प्रतिशत लागत साझेदारीमा निर्माण सम्पन्न भइसकेको छ ।













समाचार
बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा
जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी
पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज
ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना
एनपिएलको तयारी अन्तिम चरणमा: कीर्तिपुर मैदानमा के-के फेरिँदै छ?
दसैंको टीका कात्तिक ४ गते, उत्तम साइत बिहान १०ः२६ बजे
नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज
घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला
आजको मौसम : मनसुनी वायुको प्रभाव कायमै, ५ प्रदेशमा भारी वर्षाको सम्भावना
विदेशी विनिमयदर : डलर र युरो मंहगियो, पाउण्ड सस्तीदा कुनको मूल्य कति ?