
रसुवा । माथिल्लो जलाधार क्षेत्रमा हिमताल विस्फोट भएर रसुवामा मंगलबार आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ११ पुगेको छ । यसअघि नौजनाको मृत्यु भएकामा त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा दुईजनाको शव फेला परेसँगै आजसम्म मृत्यु हुनेको संख्या ११ पुगेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए ।
उनका अनुसार अहिलेसम्म बाढीमा फसेका, अलपत्र परेका तथा सडक अवरुद्ध हुँदा रोकिएका गरी ८६२ जनाको उद्धार गरिएको छ । उनीहरूलाई उद्धार गरी सुरक्षित गन्तव्यतर्फ पठाइएको उनले बताए। अहिलेसम्म एकजनाको शव सनाखत भएको र अन्य शवहरूको सनाखत हुन सकेको छैन । कतिपय चिन्न नसक्ने अवस्थाको र कतिपय मानव अंग मात्र फेला पारिएको छ ।
प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार अझै १९ जना बेपत्ता रहेका छन्। उक्त बाढीमा परेर रसुवाबाट हराइरहेका एकजना प्रहरी (असइ) लालबहादुर श्रेष्ठको शव पहिचान भएपछि अन्त्येष्टि गरिएको, तर अरूको पहिचान नहुँदा अन्त्येष्टि गर्न सकिएको छैन। शवलाई महाराजगन्जस्थित शिक्षण अस्पतालमा राखिएको छ। उक्त बाढीमा परेकाहरूको उद्धारका लागि एक हजार तीन सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको थियो। बेपत्ताहरूको खोजी अहिले पनि जारी रहेको प्रहरीले जनाएको छ । उक्त बाढीले नेपाल–चीन सीमा क्षेत्रको मितेरी पुल बगाएको थियो। यस्तै, २४ वटा कन्टेनर, ६ वटा ट्रक र ४२ वटा इभी गाडी बगाएको छ। धुन्चेबाट टिमुरे जाने सडकमा ठुलो क्षति पुगेको छ। रसुवागढी हाइड्रोको ड्याम, भन्सार कार्यालयको यार्डमा पनि क्षति पुगेको छ ।
यहाँ माथिलो जथाधार क्षेत्रमा रहेको हिमताल विस्फोटबाट बाढी आएको जल तथा मौसम विज्ञान विभागले प्रारम्भिक निष्कर्ष निकालेको छ ।












समाचार
त्रिधार्मिकस्थल हलेसीमा ‘बोलबम’ मेला भर्ने दर्शनार्थीको भीड
सरकार र मृतक मेहताको परिवारबीच सात बुँदे सहमति
चिनाखेतका पहिरो पीडितलाई नगरपालिकाको राहत
धनकुटामा किसानको सहभागितामा कोदोका १० जातको परीक्षण सुरु
ब्राउन सुगरसहित एक जना पक्राउ
पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्की १५ लाख धरौटीमा थुनामुक्त
मधेशको पछिल्लो घटनाबारे गृहमन्त्री र उद्योगमन्त्रीले गरे सांसदहरूसँग छलफल, कसले के भने ?
युक्रेनले रूसको निजनेकामस्क सहरमा गरेको ड्रोन आक्रमणमा १३ जनाको मृत्यु
साँस्कृतिक तथा राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान दिइने
पाकिस्तानको ब्रड पिक हिमाल आरोहणका क्रममा मृत्यु भएका किलुको मंगलबार अन्त्यष्टि हुने