
काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) ले अन्तर्राष्ट्रिय भाडादरमा छुट दिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट निर्देशन भएअनुसार अन्तर्राष्ट्रिय गन्तव्यको भाडादरमा छुट उपलब्ध गराएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।
त्यसअनुसार दिल्ली, मुम्बई र बैङ्गलोर गन्तव्यको भाडादरमा दुई हजार पाँच सयसम्म तथा दोहा, दुबई, दमाम, क्वालालम्पुर, हङकङ, बैंकक र नारिताका लागि पाँच हजार रुपैयाँसम्म छुट उपलब्ध गराउने निगमले आज निकालेको विज्ञप्तिमा उल्लेख छ । अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मत र विस्तारका लागि दैनिक १० घण्टा बन्द हुँदै आएको छ । विभिन्न वायु सेवाको हवाई उडान कटौती भएका छन् । यही मौका छोपेर हवाई भाडा अत्यधिक बढेको गुनासो छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले अन्तर्राष्ट्रिय उडान भर्ने हवाई कम्पनीलाई २४ घण्टाभित्र हवाई भाडादर उपलब्ध गराउन यसअघि निर्देशनसमेत दिएका छन् ।














समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व