
काठमाडौं । राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पहिलो जित निकालेको छ । आइतबार भएको रोमाञ्चक खेलमा चेन्नई सुपर किङ्सलाई ६ रनले हराउँदै राजस्थानले पहिलो जित हात पारेको हो ।
राजस्थानले दिएको १८३ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर १७६ रन मात्र बनायो । अन्तिम ओभरमा २० रन आवश्यक रहँदा बलिङमा आएका सन्दीप शर्माले वाइड बल फालेपछिको बलमा एमएस धोनीलाई आउट गरेका थिए ।
त्यसपछि २ सिंगल र जेमी ओभर्टनले छक्का प्रहार गरेपछि चेन्नईको आशा फेरि जागेको थियो । तर त्यसपछिका २ बलमा सन्दीपले २–२ रन मात्र दिए । चेन्नईका लागि कप्तान रुतुराज गायक्वाडले सर्वाधिक ६३ रन बनाए । रविन्द्र जडेजा ३२ रनमा अविजित रहे । राहुल त्रिपाठीले २३ रन बनाए । राजस्थानका वानिन्दु हसरंगाले ४ विकेट लिए । जोफ्रा आर्चर र सन्दीप शर्माले १–१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाए १८२ रन बनाएको थियो । नितिश रानाले सर्वाधिक ८१ रन बनाएका थिए । रियान परागले ३७ तथा सन्जु सामसनले २० रन बनाए । चेन्नईका खलील अहमद, नूर अहमद र मथिसा पथिरानाले २–२ विकेट लिँदा रविन्द्र जडेजा र रविचन्द्रन आश्विनले १–१ विकेट लिए ।
यस जितसँगै राजस्थानले ३ खेलमा पहिलो जितसहित २ अंक जोडेको छ भने लगातार दोस्रो हार बेहोरेको चेन्नईको पनि ३ खेलमा २ अंक नै छ ।













समाचार
शेखरले एसियाली आईटीएफ खेल्ने
पोल्ट्री व्यवसायीलाई प्रशिक्षण
राष्ट्रपतिसमक्ष एनआरएनएको शिष्टाचार भेट, विश्व ज्ञान सम्मेलनको अवधारणापत्र प्रस्तुत
वीरगञ्ज नाकाबाटको २ खर्ब ३८ अर्ब पेट्रोलियम पदार्थ आयात
नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ध्यानाकर्षण तथा अपिल
सामाजिक सद्भाव कायमका लागि सक्रिय रहन प्रदेश महासंघ तथा जिल्ला/नगर संघहरूलाई महासंघको आह्वान
छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार
सामाजिक सद्भाव र शान्ति कायम गर्न इप्पानको अपिल
साउन १५ को अवसरमा १ अर्बभन्दा बढीको दूध कारोबार
नेपाली पर्वतारोहीको उद्धारका लागि परराष्ट्र मन्त्रालयद्वारा पाकिस्तानसँग समन्वय