
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बइ इन्डियन्सले सनराइजर्स हैदराबादलाई हराएको छ । हिजो भएको खेलमा मुम्बईले हैदराबादलाई चार विकेटले हराएको हो । मुम्बईको यो लगातार दोस्रो जीत हो ।
हैदराबादले दिएको १६३ रनको लक्ष्य पछ्याएको मुम्बईले १८ ओभर १ बलमा ६ विकेट गुमाउँदै १६६ रन बनायो । मुम्बईका विल ज्याक्सले सर्वाधिक ३६ रन बनाए । रायान रिकेल्टनले ३१ जोडे । हैदराबादका कप्तान प्याट कमिन्सले तीन विकेट लिए । त्यसअघि वानखेडे स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १६२ रन बनाएको थियो । हैदराबादका ओपनर अभिषेक शर्माले सर्वाधिक ४० रन बनाए । हेनरिक क्लासनले ३७ रन जोडे । मुम्बईका विल ज्याक्सले दुई विकेट लिए ।
जीतसँगै सातौं स्थानमा कायम रहेको मुम्बईले सात खेलबाट ६ अङ्क पु¥याएको छ । हैदराबादले भने पाँचौं हार बेहोरेको छ । हैदराबाद समान खेलबाट चार अङ्कसहित नवौं स्थानमा छ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज रोयल च्यालेन्जर्स बेङ्गलुरु र पन्जाब किङ्ग्स खेल्ने छन् ।













समाचार
बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा
जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी
पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज
ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना
एनपिएलको तयारी अन्तिम चरणमा: कीर्तिपुर मैदानमा के-के फेरिँदै छ?
दसैंको टीका कात्तिक ४ गते, उत्तम साइत बिहान १०ः२६ बजे
नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज
घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला
आजको मौसम : मनसुनी वायुको प्रभाव कायमै, ५ प्रदेशमा भारी वर्षाको सम्भावना
विदेशी विनिमयदर : डलर र युरो मंहगियो, पाउण्ड सस्तीदा कुनको मूल्य कति ?