
काठमाडौं । अस्ट्रेलियाले पहिलो टि ट्वान्टीमा स्कटल्याण्ड माथि सानदार जित निकालेको छ । अस्ट्रेलियाले बुधवार घरेलु टोलीलाई ७ विकेटले हराएको हो।
यो जितसँगै पाहुना टोलीले ३ खेलको सिरिजमा १–० को अग्रता बनाएको छ । स्कटल्याण्डले दिएको १ सय ५५ रनको मध्यम लक्ष्य अस्ट्रेलियाले ६२ बल बाँकी रहँदै ३ विकेट गुमाएर पूरा गर्यो । पाहुना टोलीको जितमा ओपनर ट्राभिस हेडले सर्वाधिक ८० रन बनाए । उनले २५ बलमा १२ चौका र ५ छक्का प्रहार गरे । उनले १७ बलमै अर्धशतक पूरा गरेका हुन् ।
कप्तान मिचेल मार्शले १२ बलमा ५ चौका र ३ छक्काको सहयोगमा ३९ रन जोडे । विकेटकिपर जोस इङ्ग्लिस १३ बलमा २७ रन बनाउँदै अविजित रहे । घरेलु टोलीका लागि मार्क वाटले २ तथा ब्रेन्डन म्याकमुलनले १ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५४ रन जोडेको थियो ।
टोलीका जर्ज मुन्सेले १६ बलमा २ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक २८ रन जोडे । म्याथ्यु क्रसले २१ बलमा २७, कप्तान रिची वेरिङ्टनले २० बलमा २३, ब्रेन्डन म्याकमुलनले १५ बलमा १९ तथा ज्याक जार्भिसले ८ बलमा १० रन बनाए । अस्ट्रेलियाका लागि सन एबोटले ३, जेभियर बार्टलेट र एडम जाम्पाले समान २ तथा क्यामरन ग्रिन र राईली मेरिडेथले समान १ विकेट लिए । दुई टोलीबीचको दोस्रो खेल शुक्रवार र तेस्रो खेल शनिवार हुनेछ ।













समाचार
आँधीखोलामाथि झोलुङ्गे पुल निर्माण
आम्दानीको स्रोत बन्यो रातो च्याउ
शहरको भान्सामा पुग्छ भोजपुरको ‘अकबरे खुर्सानी’
एसिसी प्रिमियर कप फाइनलः उपाधिका लागि नेपाल र युएई मैदानमा
आज विश्व प्राथमिक उपचार दिवस
साता दिनमै ६ हजार ४ सय रुपैयाँले घट्यो सुन, तोलाको कति ?
धेरै पछि सेयर बजारमा हरियाली, सातामा १६ अंकको वृद्धि, कारोबार पनि बढ्यो
मनसुनी वायु सक्रिय, कस्तो रहला आजको मौसम ?
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
मधेशमा कर्जा विस्तार र गुणस्तरीय ऋणमा जोड दिँदै सिटिजन्स बैंक