
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले राजस्थान रोयल्सलाई एक सय रनले पराजित गरेको छ । हिजोको खेलमा मुम्बईले दिएको २ सय १८ रनको लक्ष्य पछ्याएको राजस्थान १६ ओभर एक बलमा १ सय १७ रनमा अलआउट भयो ।
राजस्थानका लागि बलर जोफ्रा आर्चरले ३० रन बनाए । मुम्बईका लागि करण शर्मा र टेन्ट बोल्टले ३–३ तथा जसप्रित बुमराहले २ विकेट लिए ।त्यसअघि जयपुरको स्वामी मानसिंह स्डेडियममा राजस्थानले टस जित्दै फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा २ विकेट गुमाउँदै २ सय १७ रन बनाएको थियो ।
ओपनर रायन रिकल्टले ६१ रन र रोहित शर्माले ५३ रन बनाए । राजस्थानका महेश थीक्षाना र रियान परागले समान एक विकेट लिए । जीतसँगै मुम्बई ११ खेलमा १४ अङ्क जोड्दै शीर्षस्थानमा उक्लिएको छ । ११ खेलमा ६ अङ्कका साथ आठौं स्थानमा रहेको राजस्थानको प्लेअफमा पुग्ने सम्भावना समाप्त भएको छ । आईपीएल क्रिकेटमा आज गुजरात टाइटन्स र सनराइजर्स हैदराबाद खेल्दैछन् ।













समाचार
उखुको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया सुरु
भोजपुरमा कोदो खेती घट्दै
इरानमाथि अमेरिकी नयाँ प्रतिबन्ध, पाँच मुख्य सम्पत्तिमा नजर
१८औँ संस्करणको ‘नाडा अटो शो’ आजदेखि सुरु हुँदै, उपराष्ट्रपतिले उद्घाटन गर्ने
धार्मिक पर्यटकीय गन्तव्य बन्दै राक्सिराङको सीता अशोक बाटिका
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
मेहनत र आम्दानी दुवै गाउँमै
आजको मौसम : मनसुनी वायुको प्रभाव, चार प्रदेशमा भारी वर्षाको सम्भावना
यस्तो छ आजका लागि विदेशी मुद्राको विनियमदर
टप एन्ड टी-२० सिरिजमा नेपालको पहिलो जित