
काठमाडौं । साताको सेयर कारोबार हुने पहिलो दिन आइतबार नेप्से परिसूचक एकल अंकले घटेर कारोबार भएको छ । आजको सेयर कारोबार बन्द हुँदा नेप्से परिसूचक ८ दशमलव ५७ अंकले घटेर २६७९ दशमलव ९८ विन्दुमा पुगेको हो ।
आज सेयर बजारमा ९९ कम्पनीको सेयर मूल्य बढेको छ भने १४८ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै एक कम्पनीको सेयर मूल्य आज स्थिर रहेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ४६ अंकले घटेर ४५६ दशमलव ४६ विन्दुमा पुगेको छ । आइतबार १३ वटा उपसूचकमध्ये ११ वटाको सेयर मूल्य घटेको छ भने २ वटा उपसूचकको सेयर मूल्य मात्रै बढेको छ ।
आज नेप्से सँगै कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो कारोबार दिन ९ अर्ब भन्दा माथिको कारोबार भएको बजारमा आज साढे ७ अर्बभन्दा माथिको मात्रै कारोबार भएको छ । आज सेयर बजारमा ३१४ कम्पनीका १ करोड ८५ लाख ५ हजार ७७१ कित्ता सेयर ७० हजार ६१० पटक किनबेच हुँदा ७ अर्ब ६० करोड ९५ लाख ४२ हजार २१२ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह