
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक समूहको सेयर बिक्री गर्न गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको छ । बैंकले आज वैशाख २१ गतेदेखि बोलपत्र पेश गर्न आह्वान गरेको हो ।
बैंकका अनुसार सूर्यज्योति लाइफको कुल ८ लाख ८७ हजार ८२५ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ । उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १६५ रुपैयाँ तोकिएको छ । लगानीकर्ताले न्यूनतम ५ हजार कित्ता र अधिकतम सम्पूर्ण कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।
गोप्य शिलबन्दी बोलपत्र पेश गर्ने अन्तिम मिति वैशाख २८ गते कार्यालय समयभित्र तोकिएको छ । यसअघि सम्बन्धित कम्पनीले विद्यमान संस्थापकहरूलाई प्राथमिकता दिने गरी ३५ दिने सूचना प्रकाशित गरिसकेकोले यसमा सर्वसाधारण लगायत सबैले बोलपत्र पेश गर्न सकिने बैंकले उल्लेख गरेको छ ।
बोलपत्र आवेदन फाराम काठमाडौंको थापाथलीस्थित ट्रेड टावर भवनमा रहेको एनआईसी एशिया क्यापिटल लिमिटेडबाट प्राप्त गर्न सकिनेछ। साथै एनआईसी एशिया बैंक लिमिटेडको कर्पोरेट कार्यालयका साथै यसका विभिन्न शाखा कार्यालयहरु—विराटनगर–३ (मोरङ), आदर्शनगर (वीरगञ्ज), महेन्द्रपुल (पोखरा), श्रवणपथ (बुटवल), हस्पिटल लाइन (धनगढी) र वीरेन्द्रनगर (सुर्खेत) बाट पनि फाराम प्राप्त गरी सोही स्थानमा बुझाउन सकिने व्यवस्था गरिएको छ ।













समाचार
घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणले सहज
उपत्यका छाड्ने यात्रुको चाप उच्च
जयन्ती मावि आवासीयमा रुपान्तरण
विश्वकप क्रिकेट लिग–२ : ओमानको सामना गर्दै नेपाल
अवरुद्ध गलकोट–ताराखोला सडक सञ्चालन
संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान
‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ?
पोखरा-भरतपुर-लुम्बिनीबिच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
आजसम्म कायम सेयरधनी गुराँस लघुवित्तको लाभांश पाउने
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पुजा गरिँदै