
काठमाडौं । जेन जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिमा १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीमा २३ अर्ब २० करोड ९१ लाख रुपैयाँ दाबी परेको छ । निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त पछिल्लो तथ्याङ्क अनुसार कूल दाबी रकममध्ये हालसम्ममा अग्रिम भुक्तानी समेत गरी करिब २ अर्ब १ करोड ९८ लाख बीमितहरूलाई भुक्तानी भइसकेको छ ।
आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबीको मूल्याङ्कन एवम् अनुगमनका लागि २ हजार ७९१ वटा दाबीका लागि सर्भेयर खटाइएको र सर्भेयरहरूले हालसम्ममा ६५४ को सङ्ख्यामा सर्भे प्रतिवेदन पेश गरिएको छ ।
यसैगरी, नेपाल पुनर्बीमा कम्पनीमा निर्जीवन बीमा कम्पनीहरूबाट कूल २ हजार ७३३ वटा पुनर्बीमा दाबी परेको र पुनर्बीमा दाबी रकम करिव रू. १५ अर्ब ७६ करोड ४३ लाख रहेको जानकारी पुनर्बीमा कम्पनीले बिमा प्राधिकरणलाई दिएको छ ।
पुनर्बीमा कम्पनीले हालसम्ममा करिव रू. १ अर्ब ६३ करोड ३५ लाख अग्रिम (पेश्की) भुक्तानी निर्जीवन बीमा कम्पनीह्रूलाई दिएको र ६० वटा दाबीको मूल्याङ्कन तथा अनूगमनका लागि संयुक्त बीमा सर्भेयर खटाएको तथ्याङ्क उपलब्ध गराएको छ ।
निर्जीवन बीमाको पोर्टफोलियो अनुसारको बीमा दाबी र भुक्तानीको विद्यमान अवस्था














समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि