
काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कोशी प्रदेश कार्यालयले विभिन्न विधामा उत्कृष्ट अभिकर्ताहरूलाई सम्मान गरेको छ। कोशी प्रदेश प्रमुख थिरलोचन श्रेष्ठ उपस्थित उक्त स्वागत तथा अभिकर्ता पुनर्ताजकी कार्यक्रममा बाक्लो संख्यामा अभिकर्ताहरूको सहभागिता थियो।
कार्यक्रममा विराटनगर शाखाका कर्मचारी एजेन्सी मेनेजर र अभिकर्ताहरुले खादा माला र बुकेद्वारा प्रदेश प्रमुखको स्वागत गरिएको थियो। कार्यक्रमको प्रमुख प्रशिक्षक समेत रहेका श्रेष्ठले करिब तीन घण्टा प्रशिक्षण गरेका थिए। प्रशिक्षक श्रेष्ठले बैंक र बीमा एकै सिक्काका दुई पाटा रहेको र जति विश्वास बैंकलाई गरिन्छ त्यति नै विश्वास गर्नुपर्नेमा जोड दिएका थिए। जीवन बीमाले बचत, लगानी, कर छुट, ऋण सुविधा, सुरक्षा लगायत सुविधा दिने भएकाले न्यून आय भएकाहरूको पहुँचको लागि गार्डियन माईक्रो लाइफको शुरुवात भएको बताए।
कार्यक्रमकै दिन जीवन बीमा गराउने निर्मला कुमारी मेहता र सिकेन्द्र सिंह यादवलाई विशेष सम्मान गरिएको थियो। त्यसैगरी विभिन्न पुरस्कार विजेता इन्दिरादेवी भेट्वाल र सन्ध्या नेपाललाई पनि सम्मान गरिएको थियो। कार्यक्रमको संचालनमा विराटनगर शाखाका प्रमुख बिमला पराजुली तथा व्यवस्थापनमा बिनिता निरौला र शुष्मा तिम्सीनाले सहजीकरण गरेका थिए।













समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम