रिलायन्स फाइनान्सको साधारणसभा आज, के छन् मुख्य एजेण्डा ?

काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडको साधारणसभा आज बस्दैछ । कम्पनीको १५ औँ वार्षिक साधारणसभा आज गौशालास्थित अनुपम फुड ल्याण्ड एण्ड ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि सुरु हुने छ ।

सभामा कम्पनीले लाभांश सम्बन्धी प्रस्ताव समावेश गरेको छैन् । यस हिसावले यो कम्पनीले आफ्ना सेयरधनीहरुलाई कुनै लाभांश दिने दिने छैन् । कम्पनीले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जरका लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने मुख्य प्रस्ताव राखेको छ ।

गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन लगायत अन्य वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरेर निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार