
काठमाडौं । यो साता नेप्से परिसूचक करिब ३ प्रतिशत बढेर बन्द भएको छ । यो साता सेयर बजार परिसूचक गत साताको भन्दा २.७६ प्रतिशतले बढेर बन्द भएको हो । गत साताको अन्तिम कारोबार दिन २६७५ दशमलव ५१ विन्दुमा बन्द भएको नेप्से यो साताको अन्तिम कारोबार दिनसम्ममा २.७४ प्रतिशत अर्थात ७३ दशमलव २७ अंक बढेर २७४८ दशमलव ७८ विन्दुमा पुगेको छ । यो साताको ५ कारोबार दिनमध्ये ३ कारोबार दिन नेप्से बढेको थियो भने दुई कारोबार दिन नेप्से घटेको थियो । यस साताको मंगलबार र बुधबार नेप्से सामान्य अंक घटेको थियो । अन्य दिन भने सेयर बजार बढेको थियो ।
त्यस्तै यो साता सेन्सेटिभ इण्डेक्स ८ दशमलव ८५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ४ दशमलव ८२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २ दशमलव ९६ अंक बढेको छ ।
नेप्सेसँगै यो साता दैनिक औषत कारोर रकममा पनि सुधार देखिएको छ । गत साता दैनिक औषतमा ४ अर्ब ७१ करोडको सेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ९ अर्ब ४४ करोडको सेयर किनबेच भएको छ । गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम १००.१६ प्रतिशत बढेको हो । यस साता दैनिक औषत सेयर संख्या ८९.२४ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या ८५.५३ प्रतिशत बढेको छ ।
यस साता नेप्सेको कुल बजार पुँजीकरण पनि करिब ३ प्रतिशत बढेको छ । गत साताको अन्तिम कारोबार दिन ४२ खर्ब ५९ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पुँजीकरण यो साता २.७६ प्रतिशत अर्थात १ खर्ब १७ अर्ब रुपैयाँ बढेर ४३ खर्ब ७६ अर्ब पुगेको छ । यो साता १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ भने १ उपसमूहको परिसूचक घटेको छ । यस साता वित्त उपसमूहको परिसूचक सर्वाधिक ७.५६ प्रतिशत बढेको छ । गत साता ३४९७ दशमलव ४४ विन्दुमा बन्द भएको यो उपसूचक यो साता २६४ दशमलव ३३ अंक बढेर ३७६१ दशमलव ७७ विन्दुमा पुगेको छ । त्यस्तै, यस साता जलविद्युत उपसमूहको परिसूचक करिब ६ प्रतिशत बढेको छ भने विकास बैंक उपसमूहको परिसूचक ५ प्रतिशत बढेको छ ।
अंकका आधारमा भने यस साता जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक २८१ दशमलव ६९ अंक बढेको छ । यस साता व्यापार उपसमूहको परिसूचक भने ०.०२ प्रतिशत घटेको छ ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू