
काठमाडौं । गण्डकी प्रदेशमा करिब साढे ३ खर्ब रुपैयाँ बराबर कर्जा प्रवाह भएको तथ्यांक सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको ‘गण्डकी प्रदेशको आर्थिक तथा वित्तीय अवस्था : संक्षिप्त झलक’ अनुसार असार २०८१ सम्म गण्डकीमा ३ खर्ब ४९ अर्ब ७ करोड रुपैयाँ बराबर कर्जा प्रवाह भएको छ ।
यो परिमाण कुल राष्ट्रिय कर्जाको ६.७६ प्रतिशत हो । मुलुकको कुल कर्जा प्रवाह ५१ खर्ब ६७ अर्ब २१ करोड रुपैयाँ बराबर छ । केन्द्रीय बैंकका अनुसार निक्षेपतर्फ गण्डकी प्रदेशमा ५ खर्ब ३४ अर्ब ५१ करोड रहेको छ । यो राष्ट्रिय कुल निक्षेपको ८.२३ प्रतिशत हो । देशको कुल निक्षेप ६४ खर्ब ९५ अर्ब १४ करोड रुपैयाँ बराबर छ ।
त्यसैगरी गण्डकीमा बैंक तथा वित्तीय संस्थाका शाखा संख्या १ हजार ४ सय छ । यो १२.१४ प्रतिशत हो । तीमध्ये वाणिज्य बैंकका ५ सय ९९, विकास बैंकका १ सय ९१, वित्त कम्पनीका ३७ र लघुवित्त वित्तीय संस्थाका ५ सय ७३ शाखा छन् । देशभरि बैंक तथा वित्तीय संस्थाका शाखा संख्या ११ हजार ५ सय ३० छ ।
गण्डकीमा वाणिज्य बैंकको उपस्थिति रहेका स्थानीय तह ८५ छ । यो ११.३० प्रतिशत हो । देशभरि भने ७ सय ५३ छ । त्यस्तै यो प्रदेशमा डेबिट कार्ड चलाउनेहरू १३ लाख १ हजार ३ सय २० छन् । यो कुल हिस्साको १०.९० प्रतिशत हो । क्रेडिट कार्ड चलाउने १९ हजार २३ छन् । यो कुल हिस्साको ६.५८ प्रतिशत हो ।
यसैगरी मोबाइल बैंकिङ चलाउनेहरू गण्डकीमा २७ लाख ४५ हजार ८ सय ५ छन् । यो कुल हिस्साको ११.१४ प्रतिशत हो । इन्टरनेट बैंकिङ चलाउने भने २ लाख ३७ हजार ६ सय १६ छन् । केन्द्रीय बैंकका अनुसार असार २०८१ सम्म गण्डकी प्रदेशमा १५ अर्ब ५१ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण कर्जा प्रवाह भएको छ ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम