साता दिनमै ६ हजार ४ सय रुपैयाँले घट्यो सुन, तोलाको कति ?

काठमाडौं । यो साता नेपाली बजारमा सुनको मूल्यमा उच्च उतारचढाब देखिएको छ । नेपाली हिन्दु महिलाहरुको महान जार्ड तीज नजिकीदै गर्दा सुनको मूल्यमा उच्च उतारचढाब देखिएको हो ।

तीजको समयमा सुनको मूल्यमा उच्च उतारचढाव भएको छ । पछिल्लो एक हप्ताको अवधिमा सुनको मूल्य ६ हजार ४०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, गत भदौ १९ गते शुक्रबार नेपाली बजारमा सुनको मूल्य ३ लाख ७ हजार ४०० रुपैयाँ रहेकोमा यो साताको अन्तिम दिन शुक्रबारसम्म आइपुग्दा सुनको मूल्य ६ हजार ४०० रुपैयाँले घटेर प्रतितोला ३ लाख १ हजार रुपैयाँमा झरेको हो ।

महासंघका अनुसार, भदौ २१ गते आइतबार सुनको मूल्य तोलामा ३ हजार १०० रुपैयाँले घटेको थियो । त्यो दिन सुन तोलाको ३ लाख ४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, भदौ २२ गते सोमबार पनि सुनको मूल्य घट्ने क्रम जारी रह्यो । उक्त दिन अघिल्लो दिनको तुलनामा २ हजार ४०० रुपैयाँले घटेर प्रतितोला ३ लाख १ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

भदौको २३ गते मंगलबार सुनको मूल्य ३ हजार ५०० रुपैयाँले बढेर कारोबार भयो । त्यो दिन नेपाली बजारमा सुनको मूल्य ३ लाख ५ हजार ४०० रुपैयाँमा कारोबार भयो । त्यस्तै भदौ २४ गते बुधबार पुनः सुनको मूल्य घट्यो । त्यो दिन ३ हजार रुपैयाँले घटेर सुन प्रतितोला ३ लाख २ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, भदौ २५ गते बिहीबार भने सुनको मूल्य ३ हजार ४०० रुपैयाँले बढेर ३ लाख ५ हजार ८०० रुपैयाँमा कारबोर भएको थियो । भदौ २६ गते शुक्रबार एकैदिन ४ हजार ८०० रुपैयाँले घटेर सुन प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर